शनिबार, जेठ २, २०८३

किन लण्डनमा लुकिन् दुबई शासककी श्रीमती ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं - दुबईका शासक शेख मोहम्मद अल मकतुमकी एक श्रीमती राजकुमारी हाया बिन्त अल-हुसेन लण्डनमा लुकेर बसिरहेकी बताइएको छ। आफ्ना श्रीमानलाई छोडेर भागेपछि उनको ज्यान खतरामा परेको त्रासमा रहेको बताइएको छ।

शेख मोहम्मदले आफ्नो इन्स्टाग्राममा एउटा आक्रोशपूर्ण कविता पोष्ट गर्दै एक अज्ञात महिलामाथि 'धोखा दिएको र विश्वासघात गरेको' आरोप लगाएका छन्। घोडादौड कम्पनीका मालिक अर्बपति ६९ वर्षीय शेख मोहम्मदलाई बेलाबखतमा घोडादौडको सन्दर्भमा ब्रिटेनकी महारानीसँग कुराकानी गरेको पनि देख्न पाइन्छ।

जोर्डनमा जन्मेर ब्रिटेनमा पढेकी ४५ वर्षीय हायाले सन् २००४ मा शेख मोहम्मदसँग बिहे गरेकी थिइन्। उनी शेखकी छैठौँ र 'कान्छी' पत्नी बनेकी थिइन्।

विवरणहरूका अनुसार शेखका २३ जना सन्तान छन्।

राजकुमारी हाया सुरुमा दुबईबाट भागेर जर्मनी पुगेकी र त्यहीँ शरण मागेकी थिइन्।

अहिले उनी लण्डनको प्रमुख क्षेत्र केन्सिङटन प्यालेस गार्डेनमा करिब १० करोड ७० लाख अमेरिकी डलर पर्ने भवनमा बसिरहेकी र कानुनी लडाईको तयारी गरिरहेकी बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।