बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका निर्वाचित महामन्त्री निरीह, अधिकार र जिम्मेवारी बिर्सेर अनशनमा समर्थन

कांग्रेसका निर्वाचित महामन्त्री निरीह, अधिकार र जिम्मेवारी बिर्सेर अनशनमा समर्थन

'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको भूमिकाले जायज मागको समर्थन गर्न रोक्छ जस्तो लाग्दैन।'
 |  बुधबार, भदौ ९, २०७८

तीर्थराज बस्नेत

तीर्थराज बस्नेत

बुधबार, भदौ ९, २०७८

काठमाडौं- नेपाली कांग्रेसको विधानअनुसार केन्द्रीय कार्यालय महामन्त्रीको मातहतमा रहन्छ। पार्टीका गतिविधि, निर्णय प्रक्रियादेखि निर्णय कार्यान्वयनसम्मको अधिकारसमेत महामन्त्रीकै हो। 

triton college

तर, बुधबार कांग्रेस केन्द्रीय कार्यालयमा अनौठो दृश्य देखियो। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने, सार्वजनिक भइसकेपछि त्रुटी भए सच्याउनुपर्ने र निर्वाचन निर्देशिकाका त्रुटी सच्चाइनुपर्ने माग राखेर जिल्ला सभापतिहरूले सुरु गरेको रिले अनशनमा समर्थन जनाउन महामन्त्री डा. शशांक कोइराला सानेपा पुगेका थिए। 

कांग्रेस संस्थापन इतर समूहका शीर्ष नेताहरूसँगै सानेपा पुगेका महामन्त्री डा कोइराला रिले अनशन गरिरहेका जिल्ला सभापतिहरूसँगै बसे। जबकि, कांग्रेसको विधानले महामन्त्रीलाई केन्द्रीय कार्यालय सञ्चालन, रेखदेख गर्नेदेखि पार्टीका सबै निकायका निर्णय प्रक्रिया र त्यसको कार्यान्वयनमा शक्तिशाली भूमिका दिएको छ। 

निर्वाचित महामन्त्रीको हैसियतमा कोइरालाले कतिपय निर्णयमा हस्तक्षेप गर्न सक्थे। क्रियाशील सदस्यताको फाइल हेर्न सक्थे। क्रियाशील सदस्यतामा धाँधली भएको आरोप संस्थापन इतर समूहले लगाइरहँदा सोही समूहको प्रतिनिधित्व गर्ने कोइराला निरीह बन्न पुगेका हुन्।

विधानले थुप्रै अधिकार दिएपनि महामन्त्री डा कोइराला भने निरीह छन्। पार्टीभित्र क्रियाशील सदस्यतामाथि भइरहेको विवाद, विभिन्न जिल्लाका नेता-कार्यालयको अनशनदेखि सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने माग राखेर जिल्ला सभापतिहरू अनशनमा बस्ने स्थिति आइपुग्दा समेत कोइराला फाइल खोज्ने तर्फ लागेनन्। बरू अनशनमा समर्थन जनाउन पुगेका छन्।  

कांग्रेसमा दुई जना महामन्त्री हुने व्यवस्था छ। १३औं महाधिवेशनबाट निर्वाचित महामन्त्री हुन्, कोइराला। सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई महामन्त्रीमा मनोनित गरेका गरेका छन्। तत्कालीन विधानले एक जना महामन्त्री निर्वाचित हुने र एक जना सभापतिले मनोनित गर्ने व्यवस्था गरेको थियो। 

corrent noodles
Metro Mart

सभापति देउवाले खड्कालाई जिम्मेवारी दिएका छन्। तर, निर्वाचित महामन्त्रीको हैसियतमा कोइरालाले कतिपय निर्णयमा हस्तक्षेप गर्न सक्थे। क्रियाशील सदस्यताको फाइल हेर्न सक्थे। क्रियाशील सदस्यतामा धाँधली भएको आरोप संस्थापन इतर समूहले लगाइरहँदा सोही समूहको प्रतिनिधित्व गर्ने कोइराला निरीह बन्न पुगेका हुन्।

सभापति देउवाले पार्टी बैठकमा प्रस्ताव पेस गर्नेदेखि निर्णय कार्यान्वयनसम्मको भूमिका खड्कालाई दिएका छन्। कोइराला निर्वाचित महामन्त्री त हुन्। तर, पार्टीमा उनको भूमिका गौण देखिएको टिप्पणी कांग्रेसका नेताहरूको छ। कोइराला निष्क्रिय हुँदाको फाइदा देउवाले लिइरहेका छन्। कोइरालाको निष्क्रियताले खड्काको सक्रियता बढाएको छ र देउवाले आफू अनुकुलका प्रस्ताव ल्याउने गरेका छन्।

क्रियाशील सदस्यता वितरणदेखि छानबिन सकेर सार्वजनिक हुने चरणमा पुग्दासमेत विवाद समाधान हुन सकेको छैन। यस्तो अवस्थामा कोइरालाले वितरण हुने बेलादेखि नै चासो दिन सक्थे। विवाद देखिएपछि फाइल खोजेर अध्ययन गर्न सक्नेर कतिपय स्थितिमा हस्तक्षेप समेत गर्न सक्थे। तर, यसमा उनको सक्रियता नदेखिएको संस्थापन इतर समूहका एक नेता बताउँछन्।

'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको भूमिकाले जायज मागको समर्थन गर्न रोक्छ जस्तो लाग्दैन।'
'क्रियाशील विवाद चर्किरहँदा उहाँ (कोइराला) निरीह देखिनुभएको छ। क्रियाशीलको फाइल खोज्ने, सम्भावित धाँधली रोक्न उहाँले सक्रिय भूमिका खेल्नुपर्ने थियो,' ती नेताले भने, 'तर, उहाँ नै अनशनमा समर्थन जनाउन आउनुपर्ने स्थिति आइपरेको छ। यसले उहाँ कति निरीह हुनुहुन्छ भनेर देखाउँछ।' 

के भन्छन् महामन्त्री कोइराला? 

अनशनमा समर्थन जनाउन सानेपा पुगेका महामन्त्री डा कोइरालाले पार्टी विधि र पद्धतिमा चल्नुपर्ने बताए। आफू सँधै विधिसम्मत निर्णय र प्रक्रियाका पक्षमा रहेकाले जायज मागमा समर्थन गर्न पदीय जिम्मेवारीले नरोक्ने उनको भनाइ छ। 


जिल्ला सभापतिको अनशनमा समर्थन जनाउन पार्टीका नेताहरूसहित सानेपा पुगेका निर्वाचित महामन्त्री कोइराला (पछाडिको लाइनमा बायाँबाट दोस्रो)। 

'जहाँसम्म मेरो कुरा छ म सधै पार्टीमा विधिसम्मत निर्णय र प्रक्रियाको पक्षमा छु,' उनले भने, 'जिल्ला सभापतिजीहरूले क्रियाशीलको मात्रै होइन, विधानसम्बन्धी मागहरू पनि राख्नुभएको छ। मेरो पदीय जिम्मेवारी र त्यसको भूमिकाले जायज मागको समर्थन गर्न रोक्छ जस्तो लाग्दैन।'

को–को क्रियाशील सदस्य छन् भनेर हेर्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आउनु दुःखद् भएको उनको टिप्पणी छ।  'कांग्रेसका क्रियाशील हेर्न पनि आन्दोलन गर्नुपर्ने अवस्था आएको छ। यो दुःखद् हो,' उनले भने, 'जिल्ला सभापतिहरूले जायज माग राख्नुभएको छ। उहाँहरुले राखेका माग सम्बोधन हुनुपर्छ भनेर मैले अनशनमा समर्थन गरेको हुँ। अधिवेशनका लागि केही दिन मात्रै बाँकी रहेको अवस्थामा सबैले सदस्यता हेर्न त पाउनुपर्‍यो नि!'

यस्ता छन् विधानले महामन्त्रीलाई दिएका अधिकार 

नेपाली कांग्रेसको विधान २०१७ (नवौं) संशोधनको दफा २७ मा महामन्त्रीको काम कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ। दफा २७ को उपदफा १ देखि १२ सम्म महामन्त्रीको काम कर्तव्यको तोकिएको छ। 

२७. महामन्त्रीको काम, कर्तव्य र अधिकार देहाय बमोजम हुनेछः

(१) नेपाली कांग्रेसको केन्द्रीय कार्यालय महामन्त्रीको मातहत रहनेछ। महामन्त्रीले केन्द्रीय कार्यालयको रेखदेख र सञ्चालन गर्नेछ। 

(२) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति, केन्द्रीय कार्यसम्पादन समिति र अन्य केन्द्रीय समितिहरूको निर्णय कार्यान्वयन गर्ने, गराउने जिम्मेवारी महामन्त्रीको हुनेछ। 

(३) दैनिक कार्यसञ्चालनका लागि सभापतिलाई सहयोग पुर्‍याउने तथा महत्वपूर्ण विषयमा सभापतिलाई जानकारी सुझाव दिने।

(४) पार्टीको संगठन संरचना, क्रियाशील र प्रभावकारी बनाउने र पार्टीका निकायहरूमा पार्टीसम्बन्धी गतिविधिबारे आवश्यकतानुसार सूचना प्रवाहित गर्ने, पार्टीका निर्णय तथा कार्यक्रमहरू कार्यान्वयन तथा सुपरीवेक्षण गर्ने/गराउने। 

(५) पार्टी सम्बन्धी कार्यमा सभापतिको निर्देशानुसार प्रतिनिधि खटाउने वा समिति वा उपसमिति बनाउने। 

(६) केन्द्रीय कार्यसमिति, केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने । 

(७) पार्टीका सबै प्रकारका आधिकारिक अभिलेखको संरक्षण गर्ने र गर्न लगाउने। 

(८) केन्द्रीय महाधिवेशन, केन्द्रीय महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने । 

(९) नेपाली कांग्रेसको सदस्यता बारे धारा ४ को उपधारा ९ बमोजिमको कार्य गर्ने गराउने । 

(१०) पार्टी मातहतका निकायहरूलाई पार्टीको निर्णयको जानकारी गराउने तथा निर्देशन जारी गर्ने । 

(११) योग्यता पुगेका कुनै व्यक्तिलाई तत्काल् नेपाली कांग्रेसको सदस्यता वा नेपाली कांग्रेसको क्रियाशील सदस्यता दिनु पर्ने अवस्था भएमा सदस्यता प्रदान गर्ने । 

(१२) अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।   

प्रकाशित: Aug 25, 2021| 18:28 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...