मंगलबार, माघ ६, २०८२

अलमुताइरीले आचरण सुधार गर्नुपर्ने छानबिन समितिको निष्कर्ष

राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले निकालेको छ।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले निकालेको छ।

National life

एन्फा उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र अलमुताइरीबीच विवाद बढेपछि राखेपले साउन १९ गते पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। समितिले झन्डै ३ साता लगाएर प्रतिवेदन तयार पारेर बुधबार राखेप सदस्य सचिव रमेश सिलवाललाई बुझाएको छ। अलमुताइरीले व्यावहारिक आचरणमा सुधार गर्नुपर्ने, एन्फाले आफ्ना विभागहरुलाई सक्रिय गर्नुपर्ने, आन्तरिक विवादलाई एन्फामै समाधान गर्नुपर्नेलगायत ११ बुँदे निर्देशनात्मक सुझाव प्रतिवेदनमा दिइएको छ।

अब प्रतिवेदनको सुझावलाई कार्यान्वयन गर्न राखेपले एन्फालाई निर्देशन दिने राखेप सदस्य सचिव सिलवालले जानकारी दिए। ‘एन्फाले विवाद समाधानका लागि मन्त्रालयलाई भने पनि हामी राखेप नियमनकारी निकाय हौं, अभिभावक हौं। हामीले एन्फालाई कार्यान्वयन गर्न निर्देशन दिनेछौं,’ उनले भने।

साउन ७ गतेको एउटा घटना बढ्दै जाँदा त्यसले ठूलो रुप लिएको थियो। दुई सञ्चारकर्मीसँगको आफ्नो विवादमा अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङलाई पनि तानेपछि विवादको श्रृखंला लम्बिँदै गएको थियो। अलमुताइरीले एन्फा कम्पाउन्ड बाहिर धुम्रपान गरेको विषयमा दुई सञ्चारकर्मीले प्रश्न गरेपछि विवाद सुरु भएको थियो।

साउन १० गते अलमुताइरीले वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण आफूलाई काम गर्न अप्ठेरो भएको भन्दै पदबाट राजीनामा दिने घोषणा फेसबुकमार्फत गरेका थिए। घटनामा नेम्बाङको संलग्नता रहेको दाबी अलमुताइरीले गर्दै आएका थिए। त्यसमा नेम्बाङले कडा आपत्ति जनाउँदै अलमुताइरीविरुद्ध छानबिनको माग राखेपछि समिति गठन भएको थियो।

Laxmi sunrise bank
kumari

अलमुताइरीले नामै तोकेर नेम्बाङलाई विवादमा तानेकाले उनले व्यावसायिक आचारण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष छानबिन समितिले निकालेको छ। प्रशिक्षकको प्रशिक्षण कार्यका बारेमा सबै पक्षबाट सकारात्मक समर्थन पाएकाले उनको कार्यदक्षता, क्षमता एवं भूमिकाका बारेमा प्रश्न गर्ने ठाउँ नरहेको समितिले बताएको छ।

अलमुताइरीले नेम्बाङमाथि आरोप लगाएको पोस्ट फेसबुकबाट हटाउन राखेपले निर्देशन दिनुपर्ने समितिले सुझाव दिएको छ। अलमुताइरीले एन्फासँग गरेको सम्झौता बमोजिमका कार्यमात्र सम्पादन गर्नुपर्ने र आगामी दिनमा विवाद सिर्जना हुने खालका कुनै गतिविधि नगर्न नगराउन एवं सामाजिक सञ्जाल र मिडियामा व्यक्ति, पदाधिकारी, अफिसियल, पत्रकार वा अन्य कसैप्रति लक्षित गरी धारणा सम्प्रेषण नगर्न ध्यानाकर्षण गराउँदै सचेत गराउनुपर्ने समितिको सुझाव छ।

साथै सञ्चारकर्मीले प्रशिक्षकसँग अन्तर्वार्ता वा धारणा लिनुपरेमा एन्फाको सूचना अधिकारी अथवा व्यवस्थापकसँग पूर्वअनुमति लिनुपर्ने र प्रशिक्षकले पनि व्यवस्थापकमार्फत नै समन्यय गर्नुपर्ने समितिको धारणा छ।

व्यवस्थापकले प्रशिक्षकका गुनासा तथा समस्यालाई तत्काल सम्बन्धित निकायमा पुर्याउन जिम्मेवारपूर्ण रुपबाट भूमिका निर्वाह गर्नुपर्ने साथै प्रशिक्षकलाई सुरक्षाको प्रत्याभूतिीगराउँदै सोको व्यवस्था एन्फाले मिलाउनु पर्ने प्रतिवेदनमा उल्लेख छ। खेल क्षेत्रलाई धुम्रपान र मद्यपान निषेधित क्षेत्र बनाउँदै सोही बमोजिमका कार्यहरु अगाडि बढाउनुपर्ने समितिको भनाइ छ।

सञ्चारकर्मीसँगको विवादका सम्बन्धमा भने समितिले एन्फालाई दुवै पक्ष राखेर ७ दिनभित्र सुल्झाउन राखेपले निर्देशन दिनुपर्ने सुझाव दिइएको छ।

यसबाहेक समितिले एन्फालाई आफ्नै आचारसंहिता तयार पारेर परिषदबाट स्वीकृत गराई लागू गराउन पनि निर्देशन दिइएको छ। त्यस्तै समितिले आउने दिनमा यस्ता विवाद आएर आफैं समाधान गर्न नसकेको खण्डमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्तक्षेप नगराई राखेपलाई अनुरोध गर्न पनि निर्देशन दिएको छ।

प्रकाशित: Aug 25, 2021| 18:25 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।