मंगलबार, साउन २६, २०८३

सागरको उत्कृष्ट बलिङमा चीन सस्तैमा समेटियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सागर ढकालले उत्कृष्ट बलिङ गरे पछि मलेसियामा जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेट अन्तरगत चीनले सस्तैमा समेटिएको छ । नेपाली बलर सामू निरही बनेको चिनले जितका लागि नेपाललई ५४ रनको झिनो लक्ष्य सुम्पेको छ । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५३ रन बनाउन सक्यो । चीनका लागि ओपनर ब्याट्सम्यानद्वय गुओहाओ गाओ र लियङ चेनले सर्वाधिक १३-१घ रन बनाउन बाहेक अन्य ब्यट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

नेपालका बलर सामू निरही देखीएका चीनका अन्य तीन ब्याट्सम्यानले ४-४ रन बनाए भने एक ब्याट्सम्यानले तीन जोडे । चीनलाई सस्तैमा समेट्न नेपािलका लागि सागर ढकालले सर्वाधिक ६ विकेट लिए । 

उनले ९.१ ओभर गर्दै मात्र १९ रन खर्चेर ६ विकेट लिएका हुन् । त्यस्तै टिलक राज भण्डारीले ७ ओभरमा १५ रन खर्चर्द तीन विकेट लिए भने कमल सिंह ऐरीले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।