शनिबार, जेठ २, २०८३

गुडिरहेको पेट्रोल गाडी विस्फोट : ४५ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
नाइजेरिया- नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जनाएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो । 

सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, “हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १०० घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।” 

मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका छन् ।

अधिकारीका अनुसार घटनास्थल नजिकैबाट एउटा बस पास हुने क्रममा बसको इन्जिनबाट निस्केको आगोका झिल्काका कारण आगलागी भएको पनि बताइएको छ । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।