बिहीबार, वैशाख ३, २०८३

बंगलादेशलाई पराजति गर्दै भारत सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-आइसिसी एकदिवसीय विश्वकप क्रिकेट अन्तरगत बंगलादेशलाई पराजति गर्दै भारत प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा भारतले बंगलादेशलाई २८ रनले पराजित गरेको हो । पराजसत भएसँगै बंगलादेश प्रतियोगिताबाट बाहिरिएको छ ।

भारतले दिएको ३ सय १५ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४८ ओभरमा सबै विकेट गुमाउँदै २ सय ८६ रन मात्र बनाउन सक्यो । बंगलादेशका लागि शकिब अल हसन र मोहमद साइफुदिनले अर्धशतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् । शाकिबले ७४ बलमा ६ चौका प्रहार गर्दै ६६ रन जोडेका हुन् । मोहमद साइफुदिनले ३८ बलमा ९ चौका प्रहार गर्दै अविजित ५१ रन जोडे । 

यस्तै बंगलादेशका सब्बीर रहमानले ३६, सौम्य सरकारले ३३ तथा मुस्फिकर रहिमले २४ रन बनाए । भारतका जस्प्रित बुम्राहले ४ तथा हार्दिक पाण्डयाले ३ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय १४ रन बनाएको थियो । भारतका रोहित शर्माले शतकीय पारी खेले । उनले ९२ बल खेल्दै ५ छक्का र ७ चौकाको मद्दतले सर्वाधिक १०४ रन बनाए । 

यससँगै रोहित कम खेलमा सर्वाधिक चाँडो ५ शतक बनाउने खेलाडी बने । उनले विश्वकपको १५ इनिङ्समा ५ शतक बनाएका हुन् । यस्तै ओपनर लोकेस राहुलले ७७ रनको अर्धशतकीय पारी खेल्दा ऋषभ पन्तले ४८, महेन्द्र सिंह धोनीले ३५ तथा कप्तान बिराट कोहलीले २६ रनको योगदान गरे ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ५ विकेट हात पारे । यस्तै शकिब अल हसन, रुबेल हुसेन र सौम्या सरकारले समान १र१ विकेट हात पारे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।