बिहीबार, वैशाख ३, २०८३

आविष्काको शतकमा वेष्ट इण्डिजलाई फराकिलो लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आईसीसी एकदिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले वेष्ट इण्डिजलाई ३३९ रनको लक्ष्य दिएको छ।

रिवरसाईड क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३३८ रन बनायो। 

श्रीलंकाको लागि आविष्का फर्नान्डोले शतकीय पारी खेले। १०३ बल खेलेका उनले ९ चौका र २ छक्काको सहयोगमा १०४ रन बनाए। आविष्काको एकदिवसीय क्रिकेटमा पहिलो शतक हो। 

त्यस्तै कुसल परेराले अर्धशतकीय पारी खेले। ५१ बल खेलेका उनले ८ चौकाको सहयोगमा ६४ रन बनाए।

श्रीलंकाका लागि लाहिरु थिरिमानेले ४५ रन जोड्दा कुशल मेन्डिस ३९, कप्तान दिमुथ करुणारत्ने ३२ र एन्जेलो म्याथ्युजले २० रनको योगदान गरे। 

बलिङतफै वेष्ट इण्डिजका लागि कप्तान जेसन होल्डरले दुई विकेट लिए। त्यस्तै शेल्डन कोट्रेल, ओशाने थोमस र फबियन एलेनले समान एक–एक विकेट लिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।