मंगलबार, माघ ६, २०८२

महिला फुटबलको राष्ट्रिय टिममा रौतहटका नौजना खेलाडी

राैतहटबाट राष्ट्रिय टिममा परेका नौजनामा पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

National life
Laxmi sunrise bank
kumari

रौतहट– रौतहट जिल्लाले राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ। अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागका अनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन्। राष्ट्रिय टिममा परेका नौजनामा पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर छन्। 

शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांश खेलाडी राष्ट्रिय टिममा परेका छन्। चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नूरराज काफ्लेका अनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए। 

पछिल्लोपटक सार्वजनिक सूचीअनुसार राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए। उनका अनुसार एन्फाको महिला टिममा मात्रै होइन, अन्य विभागीय टिममा पनि रौतहटका महिला फुटबलरको संख्या बढेको छ। 

प्रकाशित: Aug 25, 2021| 17:41 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।