बिहीबार, वैशाख ३, २०८३

पल्सर स्पोर्टस् अवार्डको तयारी पूरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं – एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ इन एसोसिएसन विथ एक्सन स्पोर्टस पावर्ड बाइ गोल्डस्टारको सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले १६ औं संस्करणको अवार्ड कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको हो। 

नेपाली क्षेत्रकुद क्षेत्रमा योगदान गर्ने खेलाडी र खेल सम्बद्व संस्थालाई प्रत्येक वर्ष सम्मान गर्ने स्पोटर््स अवार्ड असार १७ गते (भोलि) काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा आयोजना हुँदै छ। अवार्डसँगै सांगीतिक र कलात्मक प्रस्तुतिहरू पनि रहने छ।

अवार्ड कार्यक्रमको मुल आयोजक समारोह समितिका संयोजक तथा मञ्चका अध्यक्ष दुर्गा नाथ सुबेदी (देवेन्द्र) ले अवार्डको अधिकांश काम सकिएको जानकारी दिए। ‘अवार्ड सञ्चालन गर्न गठन गरिएका सम्पूर्ण समितिका कामहरु लगभग सकिएका छन्। अवार्डको सम्पूर्ण तयारी पुरा भएको छ,’ उनले भने। मुल आयोजक समारोह समितिले विभिन्न समिति गठन गरेर अवार्डको तयारी अघि बढाएको थियो।

मञ्चले यसअघि नै पत्रकार सम्मेलनमार्फत विभिन्न पाँच विधाको मनोनयन सार्वजनिक गरिसकेको छ। मञ्चले सार्वजजिक गरेको विधामा पिपल्स च्वाइस अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी, वर्ष प्रशिक्षक र युवा वर्ष खेलाडीको मनोनयन रहेका छन्।

पिपल्स च्वाइस विधामा क्रिकेटका सन्दीप लामिछाने, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन मनोनयनमा रहेका छन्। एसएमएस भोटिङ, फेसबुक लाइक, आयोजक संस्थाका सदस्यको मत र राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा पिपल्स च्वाइस अवार्डको विजेता चयन गरिनेछ।

अवार्ड कार्यक्रमको खेलाडी छनोट समितिले घोषणा गरेको वर्षको पुरुष खेलाडी विधाको मनोनयनमा प्याराग्लाइडिङका युकेश गुरुङ, क्रिकेटका पारस खड्का र सोमपाल कामी, गल्फका शुक्रराज राई र जुडोका इन्द्रबहादुर श्रेष्ठ रहेका छन्।

त्यस्तै, वर्ष खेलाडी महिलाको मनोनयनमा फुटबलकी सावित्रा भण्डारी, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ रहेका छन्।

यस्तै, युवामा ब्याडमिन्टनका प्रिन्स दाहाल, एथलेटिक्सका अजितकुमार यादव, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योञ्जन र करातेका विजय श्रेष्ठ मनोनयनमा परेका छन्। वर्ष प्रशिक्षकका लागि प्याराग्लाइडिङका योगेश भट्टराई, क्रिकेटका जगत टमाटा, एथलेटिक्सका धनीराम चौधरी, भलिबलका ज्ञानेन्द्र विष्ट र फुटबलका हरि खड्का मनोनयनमा परेका छन्। विजेता घोषणा कार्यक्रममै हुनेछ।

वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष प्रशिक्षक र पिपल्स च्वाइस अवार्डको विजेताले बजाजको पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। अन्य विधाका विजेताले जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन्। मनोनयनमा परेकालाई पनि गिफ्ट ह्याम्पर र ट्रफी प्रदान गरिनेछ।

यस वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्न लागिएको छ। यस्तै पारा एथलिट, टिम अफ दी इयर, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डको विजेता सिधै अवार्ड कार्यक्रममा घोषणा गरिनेछ। यस वर्षबाट एक जना एसियाका उत्कृष्ट खेलपत्रकारलाईसमेत सम्मान गर्न लागिएको छ। एसियन स्पोर्टस जर्नालिस्ट अवार्डको नाममा उक्त अवार्ड प्रदान गरिनेछ।

अवार्ड कार्यक्रमको एक घण्टाअघि खेलाडी छनोट समितिको बैठक बसेर मनोनयनमा परेको विधाबाट विजेता नाम घोषणा गर्ने मञ्चले जनाएको छ।

पल्सर स्पोर्ट्स अवार्डको मुख्य प्रायोजकमा हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालिको पल्सर बाइक रहेको छ। यस्तै, मुख्य सह–प्रायोजकको रुपमा किरण सु म्यानुफ्याक्चररको मुख्य उत्पादन गोल्डस्टार र मुख्य सह–प्रायोजक (पावर्ड बाइ) मा डिस मिडिया नेटवर्क लिमिटेड रहेका छन्।

यसैगरी अवार्डको प्रत्यक्ष प्रसारण एभिन्युज टेलिभिजन र डिस मिडियाको एक्सन स्पोर्टसले गर्नेछ। एसएमएस भोटिङका लागि आप्का नेपालको टीएचटी लाइभ ३७७२२ सँग सम्झौता छ। यस्तै, सूर्य नेपाल प्रालि, रुस्लान, केल्मे नेपाल, सगरमाथा सिमेन्ट, रोयल सिंगी होटल, टाइमेक्स, होटल क्राउन प्लाजा, टर्किस एयरलाइन्स, साहस स्पोर्ट्स सह–प्रायोजकको रुपमा जोडिएका छन्। अवार्ड कार्यक्रमलाई इमेजिङ, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) को समेत साथ रहनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।