काठमाडौं– एथ्लेटिक्स परिवारले आगामी मंसिरमा युथ एथ्लेटिक्स प्रतियोगिता सञ्चालन गर्ने भएको छ। एथ्लेटिक्स परिवारले बुधबार विज्ञप्ति निकाल्दै २०७८ सालको च्याम्पियनसिप मंसिरमा गर्ने बताएको हो।
‘परिवारले आउँदो मंसिर १८ गते शनिबार काठमाडौंमा युथ इथलेटिक्स च्याम्पियनसिप गर्ने भएको छ,’ विज्ञप्तिमा लेखिएको छ। यू-१६ र यू-२० उमेर समूहमा सञ्चालन हुने च्याम्पियनसिपमा यू-१६ का १२ इभेन्ट हुनेछन् भने यू-२० का १६ गरी २८ इभेन्ट हुने छन्।
च्याम्पियनसिपमा यू-१६ तर्फ ६० मिटर, १०० मिटर, ८०० मिटरका दौड हुनेछन्। त्यस्तै, सटपुट लङजम्प र रिले दौड पनि हुनेछ। महिला र पुरुषको छुट्टाछुट्टै प्रतियोगिता हुनेछन्।
साथै यू २० को महिला र पुरुष दुवै गरेर १०० मिटर, ४०० मिटर, ८०० मिटर र तीन हजार मिटर दौड हुनेछन्। प्रतियोगितामा लङजम्प, हाइजम्प, सटपुट र रिले दौड पनि समावेश गरिएको छ।