मंगलबार, चैत ३, २०८२

जम्मू-कश्मिरमा बस दुर्घटना, ३५ जनाको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
भारत- भारत प्रशासित जम्मू-कश्मीरको किश्तवार जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा ३५ जनाको मृत्यु भएको छ।

बस अनियन्त्रित भएर दुर्घटना हुँदा अरु १७ यात्रु गम्भीर घाइते भएका छन्। केशवानबाट किश्तवार जाँदै गरेको बस दुर्घटनामा परेको त्यहाँको प्रहरीका डिप्टी कमिश्नर अंग्रेज सिंह राणाले बताएका छन्।

जम्मूका आईजीपी एमके सिन्हाका अनुसार बसमा करिब ५५ यात्रु सवार थिए। दुर्घटना सिर्गवारी नजिक बिहान साढे ७ बजे भएको हो।

दुर्घटनापछि स्थानीयबासीको मद्दतमा प्रहरी र सेनाले उद्दार सुरु गरेको थियो। प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, जम्मू-कश्मिरका पूर्व मुख्यमन्त्री उमर अब्दुल्ला तथा महबूबा मुफ्तीले मृतकका परिवारलाई समवेदना दिएका छन्।

उता हिमाचल र उत्तराखंडमा भएका दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

हिमाचल प्रदेशको शिमलामा सोमबार बिहान भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। लोवर खलिनी पहाडी क्षेत्रमा बस सडकबाट खोल्सोमा खसेको थियो।

दुर्घटनामा दुई विद्यार्थी र बस चालकको मृत्यु भएको छ। 

त्यस्तै उत्तराखण्डको मलारीमा गएराति भएको कार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।