बिहीबार, वैशाख ३, २०८३

भारतको पहिलो हार, इंग्ल्यान्ड विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पहिलो हार व्यहोरेको छ  । आइतबार भएको खेलमा घरेलु टिम इंग्ल्यान्डसँग ३१ रनले पराजित हुँदै भारतले पहिलो हार व्यहोरेको हो । 

इंग्ल्यान्डले दिएको ३ सय ३८ रनको लक्ष्य पछ्यएको भारतले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३०६ रन मात्र बनाउन सक्यो । भारतका लागि रोहित शर्माले शतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । 

रोहितले १०९ बलमा १५ चौकासहित १०२ रन बनाए । जारी विश्वकपमा रोहितको यो तेस्रो शतक हो । यस्तै कप्तान विराट कोहलीले ६६ रनको अर्धशतकीय पारी खेले । उनले ७७ बलमा ७ चौका प्रहार गर्दै ६६ रन जोडेका हुन् । कोहलीको यो लगातार पाँचौ अर्धशतक हो । 

त्यस्तै हार्दिक पाण्डयाले ३४ बलमा ४ चौका सहित ४५ रन जोड्दा महेन्द्र सिंह धोनीले ३१ बलमा ४ चोका र १ छक्का सहित अविजित ४२ रन जोडे । ऋषब पन्तले ३२, केदार जादब १२ रन जोडे । इंग्ल्यान्डका लागि लियाम प्लुन्केटले ३ तथा क्रिस वोक्सले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३७ रन जोडेको थियो । उत्कृष्ट सुरुवात गरेको इंग्ल्यान्डका लागि ओपन बेयरस्टोले १११ रनको शतकीय पारी खेलेका हुने । उनले १०९ बलमा १० चौका र ६ छक्काको मद्दतमा १११ रनको शतकीय पारी खेलेका हुन् । 

बेयरस्टोले अर्का ओपनर ब्याट्सम्यान जसन रोयसँग १६० रनको साझेदारी गरे । रोयले पहिलो विकेटका लागि ६६ रनको योगदान दिए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतकीय पारी खेलेका हुन् । 

त्यस्तै बेन स्टोक्सले ७९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७९ रनको अर्धशतकीय पारी खेलेका हुन् । जोइ बुट्लरले ५४ बलमा २ चौका सहित ४४ रन जोड्दा विकेटकीपर ब्याट्सम्यान जोस बुट्लरले २० र क्रिस वेक्सले ७ रन जोडे ।

भारतका लागि मोहम्मद सामीले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभरमा ६९ रन खर्चदै पाँच विकेट लिएका हुन् । त्यस्तै कुलदीप यादव र जसप्रित बुमरहाले एक एक विकेट लिए ।

यसजितसँगै इंग्ल्यान्डको सेमिफाइनल यात्रा सहज बनेको छ । इंग्ल्यान्डले ८ खेलबाट १० अंक जोड्दै अंक तालिकाको चौंथो स्थानमा छ । पहिलो हार व्यहोरेको भारतको ७ खेलबाट ११ अंक सिहत समूहको दोस्रो स्थानमा छ  ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।