एजेन्सी- ओपनर जोनी बेयरस्टोको शतककामे मद्दतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा इंग्ल्यान्डले भारतलाई ३ यस ३८ रनको विशाल लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३७ रन जोडेको हो ।
उत्कृष्ट सुरुवात गरेको इंग्ल्यान्डका लागि ओपन बेयरस्टोले १११ रनको शतकीय पारी खेलेका हुने । उनले १०९ बलमा १० चौका र ६ छक्काको मद्दतमा १११ रनको शतकीय पारी खेलेका हुन् ।
बेयरस्टोले अर्का ओपनर ब्याट्सम्यान जसन रोयसँग १६० रनको साझेदारी गरे । रोयले पहिलो विकेटका लागि ६६ रनको योगदान दिए । ५७ बल खेलेका रोयले ७ चौका र २ छक्का प्रहार गर्दै अर्धशतकीय पारी खेलेका हुन् ।
त्यस्तै बेन स्टोक्सले ७९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ५४ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७९ रनको अर्धशतकीय पारी खेलेका हुन् । जोइ बुट्लरले ५४ बलमा २ चौका सहित ४४ रन जोड्दा विकेटकीपर ब्याट्सम्यान जोस बुट्लरले २० र क्रिस वेक्सले ७ रन जोडे ।
भारतका लागि मोहम्मद सामीले सर्वाधिक पाँच विकेट लिए । उनले १० ओभरमा ६९ रन खर्चदै पाँच विकेट लिएका हुन् । त्यस्तै कुलदीप यादव र जसप्रित बुमरहाले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४