मंगलबार, चैत ३, २०८२

ट्रम्प र किमबीच ऐतिहासिक भेट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- दक्षिण कोरियाको भ्रमणमा गएका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेताबीच केही बेरअघि दुई कोरियाबीचको सीमा क्षेत्रमा भेट भएको छ।

ट्रम्पले शनिवार एक ट्वीट सन्देशमार्फत अचानक उत्तर कोरियाली नेतासँग भेट गर्ने आफ्नो योजना सार्वजनिक गरेका थिए जसले एक प्रकारको तरङ्ग उत्पन्न गराइदियो।

आइतवार विहानसम्म दुई नेताबीच भेट हुने निश्चित भइसकेको थिएन।

ट्रम्प केहीबेर अघि भेटका लागि दक्षिण कोरियाली राष्ट्रपति र अन्य उच्च अधिकारीहरू सहित असैनिकीकृत क्षेत्र पुगेका थिए।

त्यहाँ स्थानीय समय अनुसार अपरान्हको समयमा दुई नेताबीच छोटो भेट हुँदा आपसमा हात मिलाएका थिए। त्यसपछि दुवै सँगै उभिएर सञ्चारमाध्यम सामु उभिएका थिए।

असैनिकीकृत क्षेत्रमा किमलाई भेट गर्दै उत्तर कोरियाली भूमिमा पाइला टेक्ने ट्रम्प पहिलो सत्तासीन अमेरिकी राष्ट्रपति बनेका छन्।

डिमिलिटराइज्ड जोन डीएमजी समेत भनिने असैनिकीकृत क्षेत्रमा सम्वाददाताहरूसँग बोल्दै ट्रम्पले भेटको क्षण वास्तवमै ऐतिहासिक भएको बताउँदै उनी दुई कोरियाबीचको ‘सीमा पार गर्न पाउँदा गौरवान्वित भएको’ बताए।

पत्रकारहरू सामु विरलै बोल्ने गरेका किमले यो भेट ट्रम्प र उनीबीचको ‘गजबको सम्बन्ध’को संङ्केत भएको बताए।

आलोचकहरूले यसलाई विशुद्ध नाटक भनेका छन् तर अन्य केहीको बुझाइमा यो भेटले भविष्यमा थप वार्ता गर्नको लागि बाटो खोलिदिन सक्छ।

उनीहरूबीचको यसअघिको भेट फलदायी भएको थिएन।
-बीबीसी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।