आइतबार, जेठ ३, २०८३

२४ घण्टामा २ हजार ४८२ संक्रमित थपिए, १ हजार ७८१ जना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ४८२ जना कोरोना संक्रमित थपिएका छन्। कुल १५ हजार २९० जनाको कोरोना परीक्षणमा उनीहरू संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यीमध्ये काठमाडौंमा ५१५ जना छन् भने काठमाडौं उपत्यकामा बुधबार संक्रमित हुनेको संख्या ७४५ जना छन्। उक्त अवधिमा १ हजार ७८१ जना संक्रमणमुक्त भएको समेत मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृतकको संख्या ४४ छ। 

आजको कोरोना संक्रमण दर १९.२ प्रतिशत रहको बताइएको छ। सबैभन्दा उच्च कर्णालीमा ४६ प्रतिशत भएको मन्त्रालयले जानकारी दिएको छ। २० जिल्लामा ५०० बढी संक्रमित र यो अघिल्लो साताभन्दा २ जिल्ला कम भएपनि साउन १ को तुलनामा बढी भएको मन्त्रालयले उल्लेख गरेको छ। 

आजको तथ्यांक अनुसार आइसीयूमा ६ सय १० जनाको उपचार भइरहेको छ भने १६१ जना भेन्टिलेटरमा छन्।  यस्तै ३९६ जना क्वारेन्टाइनमा छन्। 
प्रकाशित: Aug 25, 2021| 16:44 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्