बिहीबार, वैशाख ३, २०८३

भारतको जितका लागि पाकिस्तानको प्रार्थना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी-विश्वकप एकदिवसीय क्रिकेटमा पाकिस्तानमाथी दबदबा राखेको भारतले यस वर्ष पनि कायमै राखेको छ । भारतले एकदिवसीय विश्वकपमा पाकिस्तानलाई साँतौ पटक पराजित गरेको छ । 

तर, भारतका सबै विषयमा कट्टर विरोधिका रुपमा उभिने पाकिस्तान भने यती बेला भारतको जितका लागि कामना गर्दै छ । पाकिस्तानले आफ्नो मुख्य विरोधी टोली भारतलाई आयोजक इंग्ल्यान्डसँगको खेल जितका लागि कामाना गर्दै छ । 

आज (आइतबार) भारतले आफ्नो सातौ खेल इंग्ल्यान्डसँग खेल्दै छ । उक्त खेल भारतले जिते पाकिस्तानको सेमिफाइनल यात्रा सहज हुने अनुमान गरिएको छ । भारत हालसम्म प्रतियोगितामा अपराजति छ । भारतले सेमिफाइनलमा स्थान लगभग पक्का गरेको छ । 

पाकिस्तानको अन्तिम चारमा पुग्न इंग्ल्यान्डको जितहारले तय गर्ने छ । त्यस्तैले भारत र इंग्ल्यान्डविरुद्धको खेलमा भारतको जितका लागि पाकिस्तान कामना गर्दै छ । यतीबेला अंक तालिकामा ध्यान केन्द्रत गर्ने हो भने इंग्ल्यान्ड ७ खेलमा चार जित सहित ८ अंक जोडेर पाँचौ स्थानमा छ । 

इग्ल्यान्डले अझै दुई खेल खेल्न बाँकी छ । यता पाकिस्तान ८ खेलमा ४ जित सहित ९ अंक जोडेर चौथो स्थानमा छ । तर, पाकिस्तानको अब एक खेल मात्र खेल्न बाँकी छ । पाकिस्तानले आफ्नो अन्तिम खेल पनि जित्ने पर्ने दबाब छ र इंग्ल्यान्डले एक खेल गुमाउनु पर्ने छ । त्यसैले पाकिस्तानको अर्को चरणको फैसला भारत र इंग्ल्यान्डबीचको खेल नतिजामा निर्भर छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।