बिहीबार, वैशाख ३, २०८३

स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलिया विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- तिब्र गतिका बलर मिचेल स्टार्कले उत्कृष्ट बलिङ गरेपछि अष्ट्रेलियाले न्युजिल्यान्डलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई ८६ रनले पराजित गरेको हो ।

अष्ट्रेलियाले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले ४३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र १ सय ५७ बनाउन सक्यो । न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन बनाए । उनले ५१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै ४० रन जोडेका हुन् । 

रोस टेलरले ५४ बलमा दुई चौका सहित ३० रन जोड्दा मार्टिन गुप्टिलले २०, टोम लाथमले १४ र मिचेल सान्टरले १२ रन जोड्न बाहेक अन्य ब्याट्समयानले दोहोरो अंकमा रन छुन सकेनन् । 

अष्ट्रेलियाका लागि मिचेल स्टार्कले ५ विकेट लिए । उनले ९.४ ओभरमा २६ रन खर्चेर ५ विकेट लिए । त्यस्तै जासन पाउलले २ तथा पात कुमिन्स, नाथन लियोन र स्टिव स्मिथले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिलले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ यस ४३ रन जोडेको थियो । खराव सुरुवात गरेको अष्ट्रेलियाका लागि उस्मान खवाजा र एलेक्स क्यारीले अर्धशतकीय पारी खेले । खावाजले १२९ बलमा ५ चौका प्रहार गर्दै ८८ रनको उत्कृष्ट अर्धतकीय पारी खेलेका हुन् । 

त्यस्तै क्यारीले ७२ बलमा ११ चौका प्रहार गर्दै ७१ रनको अर्धशतकीय पारी खेलेका हुन् । खवाजा र क्यारीले छैठौं विकेटका लागि १०७ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा टोलीको १५ रन पुग्दा कप्तान आरोन फिन्चलाई गुमाएको अष्ट्रेलियाले दोस्रो विकेटको रुपमा १० औं ओभरको पहिलो बलमा डेभिड वार्नरलाई गुमाएको थियो । 

वार्ननरले २३ बलमा ३ चौकाको मद्दतमा १६ रन जोड्दै पेभिलियन फकिए । केही समय धर्मराएको अष्ट्रेलियाको ब्याटिङ खावाजा र क्यारीले सम्हालेका थिए । स्टिवन स्मिथ ५ रनमा आउट हुँदा मर्कुस स्टोनिस २१ रन र ग्लेन म्याक्सवेल शुन्य रनमा पेभिलियन फर्किए । पात कुम्मीज २३ रनमा अविजित रहे । 

न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ह्र्याट्रिक विकेट लिए । उनले खेलको अन्तीम ओभरमा लगातार तीन विकेट लिएका हुन् । उनले १० ओभर बलिङ गर्दै ५२ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै लोकिए फर्गुनसन र जेम्स नीशामले समान दुई दुई तथा केन विलियनसनले एक विकेट लिए ।

यसजितसँगै अष्ट्रेलिया ८ खेलबाट १४ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा यथावत रहेको छ । पराजित न्युजिल्यान्डले ८ खेलबाट ११ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।अष्ट्रेलियाले भने यसअघि नै सेमिफाइनलमा स्थान बनाइ सकेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।