बिहीबार, वैशाख ३, २०८३

पाकिस्तानसँग अफगानिस्तान तीन विकेटले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले आफ्नो सेमिफाइनल यात्रालाई जीवितै राखेको छ । कठिन अवस्थानमा रहेको पाकिस्तानले शनिबार भएको खेलमा अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै आफ्नो सेमिफाइनल यात्रालाई जीवितै राखेको हो । 

अफगानिस्तानले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९.४ ओभरमा ७ विकेट लक्ष्य भेट्टायो । खराव सुरुवा गरेको पाकिस्तानका लागि बाबर अजममले ४५ रन जोडे । उनले ५१ बलमा ५ चौका सहित ४५ रनको योगदान दिएका हुन् । 

त्यस्तै इमाम उल हकले ५१ बलमा ४ चौका सहित ३६ रन जोडे । हरिस सोहइलले २७, मोहम्मद हाफस्जले १९, सर्फराज अहमदले १८ र शादब खानले ११ रन जोडे । त्यस्तै इमाद वासिम र वाहव रियाजले अविजित पारी खेले । वासिमले ५४ बलमा ५ चौका प्रहार गर्दै ४९ रन जोडेका हुन् भने रियाजले १५ रन जोडे । अफगानिस्तानका लागि मुजीव उर रहमान र मोहम्मद नाइबले समान दुई दुई विकेट लिए । त्यस्तै राशिद खानले एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन जोडेको थियो । खराब सुरुवात गरेको अफगानिस्तानले पाँचौ ओभरमा २७ रन पुग्दा आफ्नो पहिलो विकेटको रुपमा कप्तान गुल्बदिन नाइबलाई गुमाएको थियो । नाइब १५ रनमा आउट भए । 

सोहि ओभरको पाँचौ बलमा हशमतुल्लाह शाहिदी शुन्य रनमा पेभिलियन फर्किए । त्यसपछि १२ औं ओभरमा ३५ रनमा खेली रहेका रहमत शाहलाई गुमाउँदा २६ औं ओभरमा अस्घर अफघानलाई चौथो विकेटका रुपमा गुमाएको थियो । अफघरले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै धरमराएको अफगानिस्तानको ब्याटलिाई उकास्ने प्रयास गरेका थिए । 

त्यस्तै इक्रम अलिखिलले २४ रन जोड्दा मोहम्मद नाबी १६ रनमा आउट भए । सातौ विकेटका रुपमा नाजिबुल्लाह जद्रानले ४२ रन जोडे । उनले ५४ बलमा ६ चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् । समिउल्लाह शिनवारीले १९, राशिद खानले ८, मुजिव उर रहमनले ७ र हमिद हसनले १ रन जोडे । 

पाकिस्तानका लागि शहीन शाह हफ्रिदीले चार विकेट लिए । त्यस्तै वहाब रियाज र इमाद वासिनले समान दुई दुई तथा शदाब खानले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।