एजेन्सी- आइसिसी विश्वकप एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले न्युजिल्यान्डलाई जितका लागि २ सय ४४ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिलले ब्याटिङ गर्ने निर्णय गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ यस ४३ रन जोडेको हो ।
खराव सुरुवात गरेको अष्ट्रेलियाका लागि उस्मान खवाजा र एलेक्स क्यारीले अर्धशतकीय पारी खेले । खावाजले १२९ बलमा ५ चौका प्रहार गर्दै ८८ रनको उत्कृष्ट अर्धतकीय पारी खेलेका हुन् ।
त्यस्तै क्यारीले ७२ बलमा ११ चौका प्रहार गर्दै ७१ रनको अर्धशतकीय पारी खेलेका हुन् । खवाजा र क्यारीले छैठौं विकेटका लागि १०७ रनको साझेदारी गरे । पहिलो विकेटका रुपमा टोलीको १५ रन पुग्दा कप्तान आरोन फिन्चलाई गुमाएको अष्ट्रेलियाले दोस्रो विकेटको रुपमा १० औं ओभरको पहिलो बलमा डेभिड वार्नरलाई गुमाएको थियो ।
वार्ननरले २३ बलमा ३ चौकाको मद्दतमा १६ रन जोड्दै पेभिलियन फकिए । केही समय धर्मराएको अष्ट्रेलियाको ब्याटिङ खावाजा र क्यारीले सम्हालेका थिए । स्टिवन स्मिथ ५ रनमा आउट हुँदा मर्कुस स्टोनिस २१ रन र ग्लेन म्याक्सवेल शुन्य रनमा पेभिलियन फर्किए । पात कुम्मीज २३ रनमा अविजित रहे ।
न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले ह्र्याट्रिक विकेट लिए । उनले खेलको अन्तीम ओभरमा लगातार तीन विकेट लिएका हुन् । उनले १० ओभर बलिङ गर्दै ५२ रन खर्चेर चार विकेट लिएका हुन् । त्यस्तै लोकिए फर्गुनसन र जेम्स नीशामले समान दुई दुई तथा केन विलियनसनले एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४