बिहीबार, वैशाख ३, २०८३

पाकिस्तानलाई अफगानिस्तानको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी आइसिसी एकविदसीय विश्वकप क्रिकेटबाट बाहिरिसकेको अफगानिस्ताले जितका लागि पाकिस्तानलाई २ सय २८ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको अफगानिस्तानले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन जोडेको हो । 

खराब सुरुवात गरेको अफगानिस्तानले पाँचौ ओभरमा २७ रन पुग्दा आफ्नो पहिलो विकेटको रुपमा कप्तान गुल्बदिन नाइबलाई गुमाएको थियो । नाइब १५ रनमा आउट भए । सोहि ओभरको पाँचौ बलमा हशमतुल्लाह शाहिदी शुन्य रनमा पेभिलियन फर्किए । 

त्यसपछि १२ औं ओभरमा ३५ रनमा खेली रहेका रहमत शाहलाई गुमाउँदा २६ औं ओभरमा अस्घर अफघानलाई चौथो विकेटका रुपमा गुमाएको थियो । अफघरले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै धरमराएको अफगानिस्तानको ब्याटलिाई उकास्ने प्रयास गरेका थिए । 

त्यस्तै इक्रम अलिखिलले २४ रन जोड्दा मोहम्मद नाबी १६ रनमा आउट भए । सातौ विकेटका रुपमा नाजिबुल्लाह जद्रानले ४२ रन जोडे । उनले ५४ बलमा ६ चौका प्रहार गर्दै ४२ रन जोडेका हुन् । समिउल्लाह शिनवारीले १९, राशिद खानले ८, मुजिव उर रहमनले ७ र हमिद हसनले १ रन जोडे । 

पाकिस्तानका लागि शहीन शाह हफ्रिदीले चार विकेट लिए । त्यस्तै वहाब रियाज र इमाद वासिनले समान दुई दुई तथा शदाब खानले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।