एजेन्सी- इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटमा तिब्र गतिका बलरको दबदबा रहेको छ । यतिबेला अष्ट्रेलिया पाकिस्तान र इंग्ल्यान्डका बलर शीर्ष स्थानमा रहेका छन् ।
अष्ट्रेलियाका तिब्र गतिका बलर मिचेल स्टार्क शीर्ष स्थानमा रहेका छन् । त्यस्तै पाकिस्तानका मोहम्मद आमिर दोस्रो र इंग्ल्यान्डका जोफ्रा आर्चर तेस्रो स्थानमा छन् । तर, स्पिनर बलर तर्फ भने भारतका युजवेन्द्र चाहल शीर्ष स्थानमा छन् । उनी शीर्ष १० विकेट लिने खेलाडी भित्र पर्ने पहिलो स्पिनर हुन् ।
मिचेल स्टार्क (अष्ट्रेलिया)
जारी विश्वकपमा सानदार प्रदर्शन गर्दै अष्ट्रेलियाले अंक तालिकाको शीर्षस्थानमा रहेको छ । यससँगै अष्ट्रेलिया जारी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउने पहिलो टोली पनि हो । यस उपलब्धिमा स्टार्कको प्रदर्शन टोलीका लागि अहम रहेको छ । उनले सात खेल खेल्दा सर्वाधिक १९ विकेट लिएका छन् । उनले वेस्इयिनडजविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै ४६ रन खर्चेर ५ विकेट लिएका थिए ।
मोहम्मद आमिर (पाकिस्तान)
जारी विश्वकपको सेमिफाइनलमा स्थान बनाउन पाकिस्तान संघर्षरत रहे पनि तिब्र गतिका बलर मोहम्मद आमिरको प्रदर्शन भने उत्कृष्ट रहेको छ । उनले आफुलाई उत्कृष्ट साबित गर्दै ६ खेलमा १६ विकेट लिएका छन् । अष्ट्रेलियाजस्तो बलियो टोलीविरुद्ध उनले १० ओभरमा मात्र ३० रन खर्चेर ५ विकेट लिएका थिए । जो उनको उत्कृष्ट प्रदर्शन हो ।
जोफ्रा आर्चर (इंग्ल्यान्ड)
अन्तिम समयमा इंग्ल्यान्डको टोलीमा स्थान बनाएका जोफ्रा आर्चरले अहिलेसम्म सानदार प्रदर्शन गरेका छन्। उनी विश्वकको इतिहासमा इंग्ल्यान्डको तर्फबाट सर्वाधिक विकेट लिने खेलाडीको शीर्ष स्थानमा पुग्न मात्र एक विकेट बाँकी छ । उनले ७ खेलमा १६ विकेट लिएका छन्। सन् १९९२ को विश्वकपमा इंग्ल्यान्डका इयान काथनले १६ विकेट लिएका थिए ।
युजवेन्द्र चाहल (भारत)
सर्वाधिक विकेट लिने खेलाडीको लिस्टमा युजेवेन्द्र चाहल नवौं स्थानमा रहे पनि उनी सर्वाधिक विकेट लिने १० खेलाडी भित्र पर्ने पहिलो स्पिनर बलर हुन् । चाहलले हालसम्म ५ खेल खेल्दै १० विकेट लिएका छन् । इमरान ताहिर र शाकिब अल हसन जस्ता अनुबभि स्पिनर पनि चाहल भन्दा बढी खेल खेल्दै बराबरी विजकेट लिन सफल भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४