मंगलबार, साउन २६, २०८३

जब नातिनीको आग्रहले ९३ हजुरआमा गिरफ्तारीमा परिन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– बेलायतमा प्रहरीले एक ९३ वर्षकी वृद्धालाई पक्राउ गरेको छ।

आफ्नो जीवनको अन्तिम इच्छा पुरा गर्न ती वृद्धाले आफैले प्रहरीलाई गिरफ्तारी दिन चाहेकी हुन्। ती वृद्धाले प्रहरी चौकी र हतकडीको अनुभव लिन चाहन्थिन्।

९३ वर्षीयामा महिलाकी नातिनी प्याम स्मिथले आफ्नी हजुरआमालाई गिरफ्तार गरेकोमा प्रहरीालई धन्यवाद दिएकी छन्।

नातिनीका अनुसार ९३ वर्षीया हजुरआमाको स्वास्थ्य लगातार विग्रिँदै गएको र जीवनको बाँकी समय खुलेर र आफ्नो जीवनका सपनाहरु पुरा गरेर बाँच्न चाहन्थिन्।

उनको एउटा इच्छा प्रहरी चौकी हेर्नु थियो र त्यो पनि हातमा हतकडी लगाएर कस्टडीमा पुग्नुपर्ने। हजुरआमाको त्यस्तो इच्छा पुरा गर्नका लागि नातिनी प्यामले प्रहरीको सहयोग मागेकी थिइन्।

प्रहरीले ९३ वर्षीया हजुरआमाको इच्छा पुरा गरिदिएको छ। 

हजुरआमालाई गिरफ्तार गर्ने म्यानचेस्टर प्रहरीले एक विज्ञप्ती जारी गर्दै भनेको छ, ‘केही हप्ता पहिले एक समुदायका मानिसहरुले प्रहरी सामु आश्चर्य लाग्दो इच्छा पुरा गर्न सहयोग मागेका थिए।

९३ वर्षीया महिलालाई गिरफ्तार गर्न उनीहरुले सहयोग मागे। त्यो इच्छा ९३ वर्षकी हजुरआमाकै थियो। उनीहरुको इच्छा पुरा गर्न हामीले गिरफ्तार गर्यौँ, प्रहरी स्टेशनमा राख्यौँ। तर यो काम कानूनको बर्खिलाप हो।’

चीफ इन्स्पेक्टर डेनिस पाईका अनुसार ती वृद्धा हजुरआमाको मुहारमामुस्कान देखेपछि आफूलाई निकै खुसी लागेको र एउटा भावनात्मक जिम्मेवारी पुरा गरेको अनुभूति भएको बताए।

उनले हजुरआमालाई केही पलका लागि मात्र गिरफ्तार गरे पनि हजुरआमाको बाँकी जीवनका लागि अविस्मरणीय रहेको बताए।

यस्तो काम पहिलो पटक भएको भने होइन। गत मार्चमा एक १०४ वर्षकी महिला एनीले पनि यस्तै इच्छा व्यक्त गरेकी थिइन्। एनीलाई पनि गिरफ्तार गरिएको थियो र केहीबेरमा छाडिएको थियो।

त्यसपछि एनीलाई केही समय केयर होममा राखिएको थियो। एनीले उक्त क्षणलाई आफ्नो जीवनको अभूतपूर्व खुसीको क्षण भनेर बताएकी थिइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।