मंगलबार, साउन २६, २०८३

के हो दुई हात जोडिएको इमोजीको अर्थ ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- दैनिक जीवनमा हामी फेसबुक, म्यासेन्जर, भाइबर, इमो, ह्वाट्स् एप, ह्याङ्ग आउट लगायतबाट सुचनामा आदानप्रदान गर्छौँ।

२१ औँ शताब्दीको संचारको पर्याय यी सामाजिक संजाल नै हुन्। 

सामाजिक संजालको प्रयोगसँगै कुराकानीको पद्धतिमा पनि परिवर्तन आएको छ। म्यासेज टाइपबाट केही परिस्कृत भई इमोजीको प्रयोग पनि हुन थालेको छ। केही प्रतिक्रिया जनाउनु परेमा पनि हामी इमोजीको प्रयोग गछौँ। 

हास्यास्पद लागेमा हाहा इमोजी प्रयोग गछौँ, दुखी हुँदा रोएको इमोजी पठाउँछाँै। सबैका आ–आफ्नै अवस्थाअनुसारको इमोजी प्रयोग गरेको हुन्छ। लामो समयदेखि अस्पष्ट रहेको दुई हात जोडेको इमोजीमा भने यसको अर्थमा मतभेदमा रहेको थियो। 

यस्तैमा, दुई हात जोडेको यो इमोजीका अर्थ भने केही भिन्न रहेको प्रस्ट भएको छ।  

भूगोल तथा धार्मिक प्रयोगका अनुसार, मान्दै आएको यो इमोजीको खास अर्थ भने ‘हाई फाइभ’ रहेको जानकारीमा आएको छ।

प्राय: मानिसको लागि धार्मिक तथा प्रार्थनाको लागि प्रयोग हुने भए पनि यसको खास अर्थ दुई व्यक्तिले ‘हाइफाइभ’ गरेको मिरर अनलाइनले लेखेको छ।

झट्ट हेर्दा नमस्कार देखिने यो अन्तर्राष्ट्रिय रूपमा भने दुई व्यक्तिले हाइ फाइभ गरेको  मिरर अनलाइनमा उल्लेख छ। 

यस विषयमा हालसम्म पनि विवाद नै छ। भूगोल अनुसार पनि, यसको विभिन्न अर्थ लाग्ने गरेको छ। चीनमा भने यसको अर्थ यदि कसैले गम्भिर समस्यामा राखेमा उनीहरूलाई व्यंग्यात्मक रूपमा धन्यवाद दिनको लागि प्रयोग गर्ने गरेका छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।