बुधबार, साउन २७, २०८३

सरकार ढाल्ने देउवाको चेतावनी (भिडियोसहित)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने चेतावनी दिएका छन्। ओली सरकारले लोकतन्त्रमाथि प्रहार गरिरहे सरकार ढाल्ने देउवाले चेतावनी दिएका हुन्।

'कांग्रेसले लोकतन्त्रका लागि राणालाई ढाल्यो, पञ्चायतलाई ढाल्यो, राजतन्त्रलाई ढाल्यो अब केपी ओली नेतृत्वको सरकारलाई ढाल्न कुनै समस्या हुँदैन',  सभापति देउवाले भने।
शुक्रबार पार्टी निकट स्थानीय तहका कर्मचारीहरुले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार हुने गरी सरकारले ल्याएको विधेयकहरु कुनै पनि हालत पारित हुन नदिने अडान दोहोर्‍याए। 

पछिल्लो समय सभापति देउवा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट बाक्लिदै गएपछि देउवाको यस्तो अभिव्यक्ति आएको हो। नेकपाभित्र विवाद जारी रहँदा देउवाले सरकार ढाल्ने चेतावनी दिनुलाई अर्थपूर्ण रुपमा लिइएको छ।
 


यसैबीच पार्टीभित्र आन्तरिक विवाद भइरहँदा नेकपाका अध्यक्ष प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई भेटेका छन्। भेटघाट अघिदेखि प्रचण्ड र देउवाबीच अप्रत्यक्ष रुपमा छलफल भइरहेको थियो। जसको संयोजन नेपाली कांग्रेसका नेता डा.अमरेश सिंहले गर्दै आएका थिए।

जेठको पहिलो साता प्रचण्ड र देउवा निकट नेताहरुको अनौपचारिक छलफल भएको थियो। त्यसपछि बिहीबार प्रचण्ड र देउवाबीच प्रत्यक्ष भेटघाट भएको हो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।