मंगलबार, साउन २६, २०८३

दक्षिण अफ्रीकालाई श्रीलंकाको सामान्य लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा श्रीलंकाले दक्षिण अफ्रीकालाई जितका लागि २ सय ४ रनको सामान्य लक्ष्य सुम्पेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा सबै विकेट गुमाउँदै २ सय ३ रन जोडेको हो । 

दक्षिण अफ्रीकाका बलर सामु श्रीलंकाका कुनै पनि ब्याट्सम्यानले जमेर खेल्न सकेनन् । पहिलो ओभरको पहिलो बलमा नै कप्तान दिनुथ करुनारत्नेलाई गुमाएको श्रलिंकाले १० औं ओभरमा ६७ रन पुग्दा अविशेक फर्नान्डोलाई गुमाएको थियो । 

३० रनमा खेली रहेका फर्नान्डो डाइने प्रेटोरियसको बलमा क्याचआउ हुँदै पेभिलिएन फर्किएका थिए । तेस्रो विकेटको रुपमा ३० रनमा खेली रहेका कुसल परेरालाई गुमाए पछि टोलीको १०० रन पुग्दा २२ औं ओभरमा एन्जोलो माथेवजलाई गुमाएको थियो । उनी ११ रनमा पेभिलिएन फर्किएका हुन् । 

त्यसपछि २३ रनमा कुसल मेन्डीज, २४ रनमा धनन्जय डि सिल्भा, १८ रनमा जीवन मेन्डीन, २१ रनमा थिसरा परेरा र १७ रनमा इसुरु उदना पेभिलियन फर्किएका थिए ।  दक्षिण अफ्रीकाका लागि क्रिस मोरिस, डाइने प्रेटोरियसले समान तीन तीन विकेट लिए । त्यस्तै  कागिसो रबाडाले दुई तथा एन्जल फेहलुक्वायो र डुमीनीले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।