एजेन्सी- ब्राजिलमा जारी कोपा अमेरीका फुटबल अन्तरगत आज (शुक्रबार) आर्जेन्टिनाले भेनेजुएलाको सामना गर्दैछ । सेमिफलाइनलका लागि हुने उक्त खेल नेपाली समय अनुसार राती १:४५ बजे सुरु हने छ ।
क्वाटरफाइनलको यस खेलमा विजेता खेलाडी सेमिफाइनलमा फाइनल प्रवेशका लागि ब्राजिलसँग भिड्ने छ । अर्जेन्टिना र भेनेजुएलाबीचको पछिल्ला केही खेलको नतिजा हेर्दा अर्जेन्टिना बलियो देखीएको छ ।
पछिल्ला सात खेलमा अर्जेन्टिनाले ४ खेलमा जित निकालेको छ भने दुई खेलमा बराबरी र एक गुमाएको छ । सन् २०११ को सेप्टेम्बर २ मा भएको भेटमा अर्जेन्टिना १-० ले विजयी हुँदा सोहि वर्षको अक्टोबरमा भएको भेटमा अर्जेन्टिना १-० ले पराजति भएको थियो ।
त्यस्तै २०१३ मा भएको भेटमा ३-० ले विजयी भएको अर्जेन्टिना सन् २०१६ को जुमा भएको भेटमा ४-१ को फराकिलो अन्तरले पराजति भएको थियो । सोहि वर्षको सेप्टेम्बरमा भएको भेटमा दुबै टोलीले २-२ को बराबरी खेलेका थिए । सन् २०१७ को भेटमा १-१ को बरारबी खेल्दा यसै वर्षको मार्चमा भएको भेटमा अर्जेन्टिना ३-१ गोलले पराजति भएको थियो ।
त्यस्तै आजै हुने अर्को क्वाटरफाइनल खेलमा कोलम्बिया र चिलीले प्रतिस्पर्धा गर्दै छ । यो खेल नेपाली समय अनुसार शनिबनर बिहान ४:४५ बजे हुने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४