मंगलबार, साउन २६, २०८३

ब्राजिल कोपा अमेरिकाको सेमिफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिल घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार बिहान भएको खेलमा १० खेलाडीमा समेटिएको पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै ब्राजिल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । 

पाराग्वे खेलको ५८ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । फाबियन बल्बुएनाले रातो कार्ड खाँदै मैदान बाहिरिएका पछि पाराग्वे १० खेलाडीमा समेटिएको हो । ब्राजिलले पुरै समय पाराग्वेलाई दबाबमा राखेको थियो । 

तर पनि ब्राजिलले १० खेलाडीमा सकेटिएको पाराग्वेमाथी गोल गर्न भने सकेन् । निर्धारित ९० मिनेटको खेलमा दुबै टोलीले गोलरहित बराबरी खेलेपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । ट्राइब्रेकरमा भने ब्राजिलले बाजी मार्यो । 

पेनाल्टी सुटआउटमा ब्राजिलका लागि फिलिप्पे काउटिन्हो, माक्युनहोस, विलियन्सले गोल गर्दा रोबर्टो फिर्मिन्नोले चुकेका थिए । त्यस्तै पाराग्वेका लागि गाब्रिएल जेसस, जुआन रोड्रिगो रोजा, ब्रुनो भाल्डेज, मिगुएल अल्मिरोनले गोल गरेका थिए भने गुस्ताभो गोमेन्स र डेर्लिस गोन्जालेजले गोल गर्न सकेनन् । अब ब्राजिलले आज राती हुने भेनेजुएला र अर्जेनिटनाबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्ने छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।