बिहीबार, वैशाख ३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युरोपियन च्याम्पियनसिप र टोकियो ओलम्पिक खेल्न चाहन्छु : एमबाप्पे

युरोपियन च्याम्पियनसिप र टोकियो ओलम्पिक खेल्न चाहन्छु : एमबाप्पे

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- युवा स्टार खेलाडी केलियन एमबाप्पे वर्ष २०२० मा व्यस्त रहने देखिएका छन् । २० वर्षीय फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार स्ट्राइकर एमबाप्पेले सन् २०२० मा हुने युरोपियन च्याम्पियनसिप र टोकियो ओलम्पिक खेल्ने चाहना व्यक्त गरेसँगै उनी व्यस्त हुने अनुमान गरिएको हो । 

फ्रान्सलाई रुस विश्वकप २०१८ को उपाधि दिलाउन एमबाप्पेले महत्वपूर्ण भुमिका खेलेका थिए । फ्रान्सको यू-२१ फुटबल टोली ओलम्पिकमा छनोट भएसँगै यसै साता युरोपियन यू-२१ च्याम्पयनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

यसै सफलतामा एमबाप्पेले खुसी हुँदै आफुले पनि यी दुबै प्रतियोगिता खेल्ने इच्छा रहेको ट्वीटरमार्फत बताएका छन् । उनले फ्रान्सको यू-२१ टोलीबाट कुनै प्रतियोगिता खेलेका छैनन् । तर, उनले ओलम्पिक र च्याम्पियनसिप खेल्ने इच्छा रहेको बताएका छन् । 

उनको भनाइलाई लिएर फ्रान्स फुटबल संघका अध्यक्ष नोएल ली ग्रेटले खुसी व्यक्त गरेका छन्। ‘एमबाप्पेले खुसीको कुरा गरेका छन् । उनले फ्रान्सको जुनियर टिमबाट खेल्ने इच्छा देखाएका छन् । खास गरी ओलम्पिकमा ।’ 

संघका अध्यक्ष ली ग्रेटले भने, ‘खुसीको विषय भएपनि एक पटक हामी उनलाई भेट्न चाहन्छौ । र प्रशिक्षक स्याल्भिन रिपोललाई सोध्ने छौ । तर, निर्णय उनको हातमा छ ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।