बिहीबार, वैशाख ३, २०८३

ब्राजिलियन गोलरक्षक नेटो बार्सिलोनामा अनुबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन गोलरक्षक नेटोलाई बार्सिलोनाले अनुबन्ध गरेको छ । उनलाई बार्सिलोनाले अर्को ला लिगा क्लब भ्यालेन्सियाबाट अनुबनध गरेको हो । २९ वर्षीय नेटोसँग बार्सिलोनाले चार वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार अब नेटो २०२-२३ को सिजनसम्म बार्सिलोनामा रहने छन् । नेटोलाई बार्सिलोनाले २३ मिलियन पाउण्डमा अनुबन्ध गरेको हो । 

२०१७-१८ को सिजनमा इटालियन क्लब युभेन्टसबाट भ्यालेन्सिया पुगेका नेटोले भ्यालेन्सियामा पहिलो गोलरक्षकको भुमिका निभाएका थिए । उनले यस सिजन भ्यालेन्सियाका लागि सबै खाले ४७ खेल खेलेका थिए । भ्यालेन्सियामा दुई सिजन बिताएका उनले क्लबका लागि ८० खेल खेलेका छन् । 

केही दिन अघिमात्र भ्यालेन्सियाले बार्सिलोनाका दोस्रो रोजाइका गोलरक्षक ज्यासपर सिलेसनलाई अनुबन्ध गरेको थियो । ३० वर्षीय गोलरक्षक सिलेसनका लागि भ्यालेन्सियाले बार्सिलोनालाई ३० मिलियन युरो तिरेको रिपोर्टमा जनाएको छ । 

उनले भर्खरै सकिएको सिजनमा बार्सिलोनाका लागि सबैखाले ११ खेल मात्रै खेलेका थिए । जसमा उनले कोपा डेल रे ७ खेल खेल्दा ला लिगामा ३ र युरोपियन च्याम्पियन्स लिगमा एक खेल खेले । बार्सिलोनामा तीन सिजन बिताउँदा सिलेसनले दुई ला लिगा दुई कोपा डेल रे, स्पेनिस सुपर कपलायत उपाधि जितेका थिए ।

बार्सिलोनाले सिलेसनलाई सन् २०१६ मा डच क्लब आयाक्सबाट भित्र्याएको थियो । तर, बार्सिलोनामा उनले ज्यादै कम मात्रै मैदानमा समय पाउँथे । जर्मन गोलरक्षक मार्क आन्द्रे टर स्टेगेन घाइते हुँदा मात्रै उनलाई मौका दिइन्थ्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।