एजेन्सी- वेस्टइन्डिज आइसिसी एकदिवसीय विश्वकप क्रिकटबाट बाहिरिएको छ । बिहीबार भएको खेलमा भारतसँगै १२५ रनले पराजित हुँदै वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिएको छ ।
भारतले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले ३४.२ ओभरमा सबै विकेट गुमाउँदै मात्र १४३ रन बनाउन सक्यो । भारतविरुद्ध खरनब सुरुवात गरेको वेस्टइन्डिजका लागि सर्वाधिक ३१ रन सुनिल एम्ब्रिसले बनाएको थिए ।
उनले ४० बलमा २ चौकाको मद्दतमा ३ज्ञ रन जोडेका हुन् । त्यस्तै निकोलस पुरनले २८, शिम्रन हिटमायरले १८,केमार रोचले १४ र शेल्डोन केट्रोलले १० रन जोड्न बाहेक आन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन छसन सकेनन् ।
वेस्टइन्डिजलाई सस्तैमा समेट्न भारतका मोहमद शामीले ६.२ ओभरमा १६ खर्चेर ४ विकेट लिए । त्यस्तै जस्प्रित बुम्राह र युजभेन्द्र चाहलले दुई दुई तथा हार्दीक पाण्डेय र कुलदीप यादवले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा विकेट ७ गुमाउँदै २ सय ६८ रन जोडेको थियो । छैठौं ओभरमा २९ रन पुग्दा पहिलो विकेटको रुपमा रोहित शर्मालाई गुमाएको भारतले २१ औं ओभरमा ९८ रन पुग्दा अर्का ओपरन ब्याट्सम्यान केएल राहुललाई गुमाएको थियो ।
रोहित १८ रनमा पेभिलिएन फर्कीए पछि उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान विराट कोहलीले भारतको पारी केही सम्हाल्ने प्रयास गरेका थिए । उनीसँग साझेदारी गर्दै तीन विकेट गुमाउँदा सम्हालीयर खेलेका कप्तान कोहलीले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८२ बलमा ८ चौकाको मद्दतमा ७२ रनको अर्धशतकीय पारी खेलेका हुन् ।
राहुल भने अर्धशतक बनाउनबाट मात्र दुई रनले चुके । उनले ६४ बलमा ६ चौका प्रहार गर्दै ४८ रन जोडेका थिए । केदार जादव ७ रनमा पेभिलियन फर्किएपछि मैदान प्रवेश गरेका महेन्द्र सिंह धोनी र कोहलीको स्थानमा मैदान प्रवेश गरेका हार्दिक पाण्डेयले ७० रनको साझेदारी गरे ।
धोनीले ६१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पाण्डेयले ३८ बलमा ५ चौकाको मद्दतमा ४६ रन जोडेका हुन् । विजय शंकर भने १४ रनमा पेभिलियन फर्किएका थिए ।
भारतलाई सस्तैमा समेट्न केमर रोचले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । त्यस्तै जोसन होल्डर र शेल्डन कोट्रेलले दुई दुई विकेट लिए । यस जितसँगै भारतले ६ खेलबाट ११ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । यता पराजित वेस्टइन्डिज प्रतियोगिताबाट बाहिरिने तेस्रो टिम बनेको छ । वेस्टइन्डिजको ७ खेलबाट ३ अंक सहित आठौं स्थानमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४