काठमाडौं- भारतको राजधानी नयाँदिल्ली नजिकैको हरियाणा प्रान्तका भारतीय कांग्रेसका प्रवक्ता विकास चौधरीको हत्या भएको छ।
बुधबार बिहान फरीदाबादमा कांग्रेस प्रदेश प्रवक्ता चौधरीको अज्ञात व्यक्तिहरुले गोली हानेर हत्या गरेका हुन्।
गोली लागे लगत्तै अस्पताल पुुर्याइएका चौधरीको शरीरमा कम्तिमा १० गोली लागेको अस्पतालका अधिकारीले बताएका छन्।
बुधबार बिहान जिम जाने क्रममा उनी गाडीबाट ओर्लिएलगत्तै २ जनाले अन्धाधुन्ध गोली हानेका थिए।
गोली प्रहारबाट चौधरी चढेको गाडीमा पनि क्षति पुगेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४