बिहीबार, वैशाख ३, २०८३

भारतले दियो वेस्टइन्डिजलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले वेस्टइन्डिजलाई जिजतका लागि २ सय ६९ रनको मध्यम लक्ष्य सुम्पेको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको भारतले निर्धारित ५० ओभरमा विकेट ७ गुमाउँदै २ सय ६८ रन जोडेको हो । 

छैठौं ओभरमा २९ रन पुग्दा पहिलो विकेटको रुपमा रोहित शर्मालाई गुमाएको भारतले २१ औं ओभरमा ९८ रन पुग्दा अर्का ओपरन ब्याट्सम्यान केएल राहुललाई गुमाएको थियो । 

रोहित १८ रनमा पेभिलिएन फर्कीए पछि उनको स्थानमा मैदान प्रवेश गरेका कप्तान विराट कोहलीले भारतको पारी केही सम्हाल्ने प्रयास गरेका थिए । उनीसँग साझेदारी गर्दै तीन विकेट गुमाउँदा सम्हालीयर खेलेका कप्तान कोहलीले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ८२ बलमा ८ चौकाको मद्दतमा ७२ रनको अर्धशतकीय पारी खेलेका हुन् । 

राहुल भने अर्धशतक बनाउनबाट मात्र दुई रनले चुके । उनले ६४ बलमा ६ चौका प्रहार गर्दै ४८ रन जोडेका थिए । केदार जादव ७ रनमा पेभिलियन फर्किएपछि मैदान प्रवेश गरेका महेन्द्र सिंह धोनी र कोहलीको स्थानमा मैदान प्रवेश गरेका हार्दिक पाण्डेयले ७० रनको साझेदारी गरे । 

धोनीले ६१ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै अविजित ५६ रनको अर्धशतकीय पारी खेले । त्यस्तै पाण्डेयले ३८ बलमा ५ चौकाको मद्दतमा ४६ रन जोडेका हुन् । विजय शंकर भने १४ रनमा पेभिलियन फर्किएका थिए । 

भारतलाई सस्तैमा समेट्न केमर रोचले १० ओभरमा ३६ रन खर्चेर तीन विकेट लिए । त्यस्तै जोसन होल्डर र शेल्डन कोट्रेलले दुई दुई विकेट लिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।