एजेन्सी- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले एकदिवसीय क्रिकेटमा नयाँ कीर्तिमानी बनाएका छन् । जारी विश्वकपमा वेस्टइन्डिजविरुद्ध खेल्दै उनले पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरलाई पछि पर्दै कीर्तिमान आफ्नो नाममा गरेका हुन् ।
उनले सबै भन्दा छिटो २० हजार रनको आँकडा पुरा गर्ने खेलाडीको पहिलो स्थानमा रहेका छन् । ३० वर्षीय कोहलीले वेस्टइन्डिजविरुद्धको खेलमा ३७ रन पुरा गर्दै २० हजार अन्तर्राष्ट्रिय रनको आँकडा पुरा गरेका थिए ।
यस खेल भन्दा पहिले कोहलीले १९ हजार ९६३ अन्तर्राष्ट्रिय रन बनाएका थिए । कोहली २० हजार भन्दा बढी अन्तर्राष्ट्रिय रन बनाउने विश्वको १२ औं खेलाडी हुन् भने भारतका तेस्रो खेलाडी बनेका छन् । भारतकातर्फबाट पूर्व क्रिकेटर सचिनले ३४ हजार ३५७ रन बनाएका छन् भने राहुल द्रविडले २४ हजार २०८ अन्तर्राष्ट्रिय रन जोडेका छन् ।
कोहलीले २३१ एकदिवसीयमा ११ हजार ८७ रन जोडेका छन् भने ७७ टेस्टमा ६ हजार ६१३ र ६७ टी-२० मा अन्तर्राष्ट्रियमा २ हजार २६३ रन जोडेका छन् । उनले वेस्टइन्डिजका ब्रायन लारा र मास्टर ब्लास्टर सचिकोलाई पछि पारेका हुन् ।
सचिन र लाराले अन्तर्राष्ट्रिय २० हजार रनको आँकदा पुरा गर्न समान ४५३ पारीको सहयता लिएका थिए । तर, कोहलीले भने ४१७ पारीमा नै उक्त आँकडा पुरा गरेका छन् । त्यस्तै यस लिस्टको तेस्रो स्थानमा अष्ट्रेलियाका पूर्व कप्तान रिक्की पोन्टीङ छन् । उनले ४६८ पारीमा यो आँकडा पुरा गरेका थिए ।
सबै भन्दा छिटो अन्तर्राष्ट्रिय २० हजार रन पुरा गर्ने ५ खेलाडी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४