मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • जलवायु परिवर्तनको असर : सन्तान जन्माउँदैनौँ भन्दै प्रदर्शन

जलवायु परिवर्तनको असर : सन्तान जन्माउँदैनौँ भन्दै प्रदर्शन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- ग्लोबल वार्मिङ अर्थात् तापमान वृद्धिको असर अहिले संसारभर परिरहेको छ।

जसका कारण मौसमा देखिएको अपूर्व बदलाव, समुद्री आँधीहरु, हिउँ छिटो पग्लिने, समुद्री सतह बढ्नेलगायतका घटनाहरु त भइरहेका छन् नै त्यसबाहेक मानव जीवनमा यसले गम्भीर असर पार्दै गएको छ।

जलवायु परिवर्तनको असरका कारण पृथ्वीको तापक्रम बढेको ठानिएको छ। जलवायु परिवर्तनको असरले थुप्रै जीव–जनावर पृथ्वीबाट लोप भइरहेको, खाद्यान्न संकटहरु पनि देखा परिरहेको तथा मानव जीवन असामान्य बन्दै गएको पाइएको छ।

यस्तैमा बेलायतको राजधानी लण्डनमा एउटा प्रदर्शन भएको छ। प्रदर्शनमा सहभागी युवायुवतीले जलवायु परिवर्तनको असरले विश्वभर तापक्रम वृद्धि भएको भन्दै बढ्दो तापक्रमबाट उत्पन्न समस्याका कारण आफूहरुले सन्तान नजन्माउने बताएका छन्।

बर्थस्ट्राइक नामक संस्थाको आयोजनामा गरिएको प्रदर्शनमा सहभागीहरुले सरकारले जलवायु परिवर्तनका असरहरु न्युनिकरणका लागि आवश्यक कदम चाल्न नसकेको आरोप लगाएका छन्।

ब्रिटिश जलवायु परिवर्तन सक्रियता समूह बर्थस्ट्राइकका सदस्यहरुले जलवायु परिवर्तनको असरबाट सुखा, अनिकाल, बाढी र अत्यधिक गर्मी जस्ता समस्याहरु बढिरहेको बताए।

उनीहरुले यस्तो वातावरणमा बस्नु पर्ने भएकाले आफूहले बच्चा नजन्माउने निर्णय लिएको उनीहरुले बताएका छन्।

उक्त समूहको स्थापना गर्त वर्ष सन् २०१८ मा ३३ वर्षका ब्लाइथे पेपीनोले गरेका थिए। पेपीनो पेशाले संगीतकार हुन्। उनको समूहमा ४५० सदस्य छन् जसमा ८० प्रतिशत महिला छन्।

पेपीनोले बच्चा नजन्माउने निर्णय चाँहि गत वर्ष जलवायु परिवर्तनबारे संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय प्यानलको रेकर्ड देखेर लिएको बताएकी छन्।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।