काठमाडौं- विराटनगर महानगरपालिकाले पहिलो संस्करणको उप-मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहिबार बिहान भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विराटनगर च्याम्पियन भएको हो।
हलचोकस्थित एपीएफको मैदानमा भएको निर्धारित समयको खेलमा दुबै टोलिले १-१ को बराबरी खेले पछि खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । तर, पेनाल्टी सुटआउटमा भने विराटनगरले ४-१ ले बाजि मार्यो । विराटनगरकी रेखा पौडेल, ईमा राई, बिध्या राना र मनमाया लिम्बुले गोल गर्न सफल भइन् ।
यता बाह्रबिसेका लागि रुबिना पहरीले मात्र गोल गर्दा अनु राई र सुस्मा तामाङको प्रहार असफल भएको थियो । उपाधिसँगै विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो । त्यस्तै उपविजेता बनेको बाह्रबिसेले ३ लाखमा चित्त बुझाउनु पर्यो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४