काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डलाई होटल क्राउन प्लाजाले सह-प्रायोजन गरेको छ । बिहीवार एक कार्यक्रमकाबिच क्राउन प्लाजाका निर्देशक युवराज श्रेष्ठ र मञ्चका अध्यक्ष देबेन्द्रा सुवेदीले सम्झौता पत्रामा हस्ताक्षर गरे।
मञ्च र होटेल क्राउन प्लाजाने एक बर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार अवार्ड र मञ्चको कार्यक्रमका लागि होटल क्राउन प्लाजाले आवास र खानपानको व्यवस्था गर्नेछ ।
सम्झौता पछि बोल्दै क्राउन प्लाजाका निर्देशक श्रेष्ठले एनेसजेएफसँग लामो सहकार्य गर्दै आएपनि आधिकारिक रुपमा यस अवार्डमा सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । यस सहकार्यले भोलिका दिनमा अझ थपकार्य गर्न उत्साहित गर्ने विश्वस लिएको उनले जनाए।
त्यस्तै मञ्चका अध्यक्ष सुवेदीले यो सम्झौता मञ्चसँग मात्र नभई सम्पुर्ण नेपाली खेलकुद र खेलाडीको भएको भताए । मञ्चका महासचिव प्रज्जोल ओलिले होटेल क्राउन प्लाजा खेलाडीका लागि व्यवसायिक रुपमा मात्र नभई एक घर जस्तो भुमिका निभाउदै आएको बताए ।
१६ औं संस्करणको यस कार्यक्रमका विभिन्न ९ विधामध्यबाट ५ विधाको मनोनयन मञ्चले यसअघि नै सार्वजनिक गरिसकेको छ। अवार्डमा उत्कृष्ट पुरुष, महिला, पिपल्स च्वाइस तथा प्रशिक्षक विधाका विजेताले एनएस १६० मोटरसाइकल पुरस्कार प्राप्त गर्ने छन् ।
त्यस्तै अन्य विधाका विजेता खेलाडीले ५० हजार रुपैयाँसहित गिफ्ट ह्याम्परहरू प्राप्त गर्ने छन् । अवार्ड कार्यक्रम असार १७ गते प्रज्ञाप्रतिष्ठानमा हुने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४