मंगलबार, साउन २६, २०८३

चकलेट खान चार वर्षीय बालकले कुदाए गाडी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – बच्चाहरूलाई मनपर्ने खानेकुरा हो, चकलेट। चकलेट खानको लागि उनीहरूले अनेक बहाना तथा उपाय लगाउँछन्। कहिले रूने त कहिले झगडा गर्ने वा रिस, घुर्की देखाउने गर्छन्। यतिसम्म की कहिले पैसा चोर्न पनि पछि हट्दैनन्। यस्तै, एक घटना अमेरिकाको मिननेसोटा राज्यमा घटेको छ। 

गत मंगलबार, ४ वर्षका जेन्सनले आफ्ना हजुरबुबाको गाडीको चावी लिई गाडी चलाउन थाले। व्यस्त ट्राफिकमा करिब एक माइलसम्म गाडी चलाएका जेन्सनको एक मात्र उद्देश्य चकलेट खानु थियो।

उनलाई स्थानीय पुलिसले आफ्नो नियन्त्रणमा राखि परिवारलाई खबर गरेका थिए।  भाग्यवश जेन्सनलाई चोटपटक केही नभए पनि कार र बाटोका छेउछाउमा रहेका पोस्टबक्समा भने केही क्षति भएको थियो। 

गाडी चलाउने क्रममा उनले चलाएको गाडी छिमेकीको गार्डेनका केही रूखहरूमा ठोक्किएको थियो। सोधपुछको क्रममा जेन्सनले आफ्ना अभिभावकले गाडी चलाएको तरिका सम्झिएर सोही अनुसार चलाएको बताए। उनलाई चकलेट खान मन भएको कारण उनी चकलेट किन्न  गाडी लिएर हिडेको स्काई न्युजमा उल्लेख रहेको छ। 

प्रत्यक्षदर्शी प्रहरी मार्क बोरबुमका अनुसार अनियमित गतिमा कार आएकोले गाडीलाई नियन्त्रणमा लिने क्रममा उनले जेन्सनलाई गाडी चालकको रूपमा देखेका थिए। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।