मंगलबार, माघ ६, २०८२

ओलम्पिक फुटबलमा यस्तो बन्यो क्वार्टरफाइनल समीकरण

टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- टोक्यो ओलम्पिक २०२० को फुटबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ। आज समूह चरणका खेल सकिएसँगै अन्तिम आठको समीकरण पूरा भएको हो।

National life

समूह चरणबाट छनोट भएका स्पेन, आइभोरी कोष्ट, आयोजक जापान, न्युजिल्याण्ड, ब्राजिल, इजिप्ट, दक्षिण कोरिया र मेक्सिको क्वार्टरफाइनलमा पुगेका हुन्।

यस्तो छ क्वार्टरफाइनलको खेल तालिका :

स्पेन र आइभोरी कोष्ट, दिउँसो पौने २ बजे 

जापान र न्युजिल्याण्ड, दिउँसो पौने ३ बजे

Laxmi sunrise bank
kumari

ब्राजिल र इजिप्ट, दिउँसो पौने ४ बजे

दक्षिण कोरिया र मेक्सिको, दिउँसो पौने ५ बजे

यी सबै खेल जुलाई ३१ तारिखमा हुनेछन्।

ब्राजिलले आज (बुधबार) को खेलमा साउदी अरेबियालाई हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। समूह डीको अन्तिम खेलमा ब्राजिलले साउदी अरेबियालाई ३–१ गोलले हरायो। ब्राजिलको जितका लागि रिचार्लिसनले दुई गोल गरे भने माथ्थिउज कुन्वाले एक गोल गरे।

जर्मनीविरुद्ध ह्याट्रिक गरेका रिचार्लिसनले आजको खेलमा दुई गोल गर्दै ओलम्पिकमा पाँच गोल पुर्‍याएका छन्। सायदी अरेबिया भने अंकविहीन हुँदै बाहिरिएको छ।

सोही समूहको अर्को खेलमा जर्मनीबराबरीमा रोकिएपछि जर्मनी भने क्वार्टरफाइनल पुग्नबाट बञ्चित भएको छ। उसले अन्तिम खेलमा आइभोरी कोष्टसँग १-१ गोलको बराबरी गरेको थियो। बराबरीसँगै चार अंक बनाएको जर्मनी तालिकाको तेस्रो स्थानमा रहँदै बाहिरियो भने पाँच अंक जोडेको आइभोरी कोष्ट अपराजित हुँदै अन्तिम आठमा पुगेको हो।

त्यस्तै, समूह ए को अन्तिम खेलमा जापानले बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई ४-० गोलले हराएर अन्तिम आठमा स्थान बनाएको हो। त्यस्तै, फ्रान्सले पहिलो खेलमा मेक्सिकोसँग पनि लज्जास्पद हार बेहोरेको थियो। समूह एबाट जापानसँगै मेक्सिकोले पनि अन्तिम आठमा स्थान बनाएको छ।

त्यस्तै, समूह बीबाट भने दक्षिण कोरिया र रोमानिया अन्तिम आठमा पुगेका छन्। समूह सीबाट भने स्पेन र इजिप्ट क्वार्टरफाइनलमा पुगेका छन्। समूह सीमा रहेको अर्को बलियो टिम अर्जेन्टिनाले आजको खेलमा स्पनेसँग बराबरी खेलेको थियो।

क्वार्टरफाइनलका खेल जुलाई ३१ मा हुनेछन्। सेमिफाइनल अगस्ट ३ मा हुनेछ भने फाइनल खेल अगस्ट ६ मा हुनेछ।

प्रकाशित: Jul 28, 2021| 20:00 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।