एजेन्सी-पाकिस्तान क्रिकेट टिमका ब्याट्समयान बाबर आजमले एकदिवसीय क्रिकेट प्रतियोगितामा नयाँ रेकर्ड बनाएका छन् । उनले भारतीय टिमका कप्तान विराट कोहली, ओपनर ब्याट्सम्यान शिखर धवन तथा वेस्इन्डिजका महान ब्याट्सम्यान सर विव रिचर्डसलाई पछि पार्दै कीर्तिमानी बनाएका छन् ।
२४ वर्षीय बाबरले न्यजिल्यान्डसँगको खेलमा २९ रन पुरा गर्ने क्रममा नै आफ्नो एकदिवसीय क्रिकेटमा ३ हजार रनको आँकडा पुरा गरेका थिए । यससँगै उनले सबै भन्दा छिटो ३ हजार रनको आँकडा पुरा गर्ने खेलाडीको दोस्रो स्थानमा छन् ।
पहिलो स्थानमा दक्षिण अफ्रीकाका ब्याट्सम्यान हशिम अमला रहेका छन् । उनले ५७ पारीको खेल्दै यो आँकडा पुरा रगेका थिए भने बाबरले ६८ पारीको सहायता लिएका छन् । बाबरले न्युजिल्यान्डसँगको आफ्नो खेल विनिङ्ग पारीमा १०१ रनमा अविजित रहेका थिए ।
बाबरले वेस्टइन्डिजका रिचर्डसको कीर्तिमानी तोडे । रिचर्डसले ६९ पारीमा यो आँकडा पुरा गरेका थिए । यस लिस्टको चौथो स्थानमा वेस्टइन्डिजकै गार्डन ग्रीनिज रहेका छन् । उनले ७२ पारी खेल्दा दक्षिण अफ्रीकाका पूर्व क्रिकेटर कस्र्टनले पनि ७२ पारीमा यो आँकडा पुरा गरेका थिए ।
तर, बाबर एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो ३ हजार रन बनाउने एशियाको पहिलो खेलाडी बनेका छन् । यस दौरान धवन र कोहलीलाई पछि पारेका छन् । धवनले ७२ पारी खेल्दा कोहलीले ७छ पारी खेलेका थिए ।
एकदिवसीयमा कोहलीविरुद्ध बाबर
प्रायजसो पाकिस्तानी ब्याट्सम्यान बाबरको तुलना भारतीय टिमका क्याप्टेन कोहलीसँग हुने गर्द छ । बाबरले आफ्नो आइडलको रुपमा कोलीलाई स्विकार गरेका पनि छन् । बाबरले एकदिवसीय क्रिकेट करियरमा १ हजार रन पुरा गर्नका लागि २१ पारीको सहाएता लिएका थिए ।
तर, कोहलीले सोहि आँकडा पुरा गर्न २४ पारी खेले । त्यस्तै २ हजार रनको आँकडामा पनि बाबरनै कोहली भन्दा अगाडी रहे । उनले मात्र ४५ पारीमा २ हजार रनको आँकडा पुरा गर्दा कोहलीले ५३ पारी खेलेका थिए । हाल तीन हजार रनको आँकडामा पनि बाबरले ६८ पारीमा पुरा गरे भने कोहलीले ७५ पारी खेले ।
बाबरले अर्को रेकर्ड समेत बनाएका छन् । उनी सबैभन्दा छिटो १० एकदिवसीय शतक पुरा गर्ने खेलाडीको तेस्रो स्थानमा छन् । उनले यो सफलता ६८ पारमिा पुरा गरेका छन् । जवकी दक्षिण् अप्रलीकाका क्विनटन डी ककले ५५ पारीमा १० एकदिवसीय शतक पुरा रगेका थिए भने अमलाले ५७ पारीमा पुरा गरेका थिए । त्यस्तै धवानले ७७ र कोहलीले ८० पारीमा १० एकदिवसीय शतक पुरा गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४