बिहीबार, वैशाख ३, २०८३

गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास नलिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेट पछि सन्यास नलिने भएका छन् । बुधबार क्रिकेट वेस्टइन्डिजले यस विषयलाई पुष्टि गर्दै गेलले विश्वकप पछिट सन्यास नलिने बताएको छ । 

यस अघि गेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए । विश्वकप सकिएको मात्र केही समय पछि वेस्टइन्डिजजले भारतसँग टेस्ट, एकदिवसीय र टी-२० सिरिज खेल्दै छ । 

२ अगष्ट देखी २ सेप्टेम्बरकोबीचमा वेस्टइन्डिज र भारतले दुई टेस्ट, तीन एकदिवसीय र तीन टी-२० खेल खेल्दै छ । केहि समय पहिलो मात्र गेलले यस सिरिज खेल्ने इच्छा जनाएका थिए । विश्वकपमा भारत र वेस्टइनिडजबीचको खेलको पूर्व सन्ध्यामा बुधबार संचार माध्यमसँग कुरा गर्दै गेलले आफ्नो क्रिकेट करियरको अन्त्य नभएको बताएका थिए ।

‘अहिले नै मेरो क्रिकेट जिवनको अन्त्य भएको छैन् । अझै म केही खेल अरु खेल्ने छु । शायद विश्वकप पछि एक अर्को सिरिज खेल्ने छु । त्यसपछि के गर्ने म सोच्ने छु ।’ गेलले भने, ‘म शायद भारतविरुद्ध टेस्ट खेल खेल्ने छु । त्यसपछि निश्चय नै टी-२० र एकदिवसीय खेल पनि खेल्ने छु ।’ 

सुरुवातमा गेलको भनाइलाई लिएर सबैले जोकमा लिएका थिए । तर, पछि वेस्टइन्डिज टोलीका मिडिया म्यानेजरले उक्त विषयलाई पुष्टि गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।