मंगलबार, साउन २६, २०८३

ईजिप्ट अफ्रिका कप अफ नेसन्सको प्रि-क्वाटरफाइनलमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ईजिप्ट घरेलु मेदानमा आयोजना भएको अफ्रिका कप अफ नेसन्स फुटबल अन्तरगत प्रि-क्वाटरफाईनलमा प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा कंङ्गोलाई २-० गोल अन्तरले पराजित गर्दै ईजिप्ट प्रि-क्वाटरफाइनलमा प्रवेश गरेको हो । 

ईजिप्टको जितका लागि अहमद एल्मोहामदी र मोहमद सलाहाले एक एक गोल गरे । खेलको २५ औं मिनेटमा एल्मोहामदीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा  सलाहाले गोल गर्दै ईजिप्टको अग्रता दोब्बर पारे । 

दोस्रो हाफमा भने दुबै टोलीबाट कुनै गोल हुन नक्दा ईजिप्टले खेल २-० ले आफ्नो पक्षमा पारेको हो । समुह ‘ए’को रहेको ईजिप्टले २ खेलबाट ६ अंक जोड्र्द शीर्ष स्थानमा छ । पराजित कंङ्गो अंक विहिन हुँदै अंक तालिकाको पुछारमा छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।