एजेन्सी- जेम्स नीशाम र कोलिन ग्रान्डहोमको अर्धशतकको मद्दतले आइसिसी एकदिवसीय विश्वकप क्रिकेटमा न्युजल्यान्डले पाकिस्तानलाई २ सय ३८ रनको सामान्य लक्ष्य सुम्पको छ । टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको न्युजल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २ सय ३७ रन बनाएको हो ।
खराव सुरुवात गरेको न्युजल्यान्डका लागि नीशाम र ग्रान्डहोमले उत्कृष्ट पारी खेल्दै स्कोर उकासेका थिए । १३ औं ओभरमा ४ विकेट गुमाएर मात्र ४६ रन हुँदा मैदान प्रवेश गरेका नीशामले ११२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ९७ रनको उत्कृष्ट अविजित अर्धशतकीय पारी खेलेका हुन् ।
उनले चौथो विकेटका लागि कप्तान केन विलियमसनसँग मिलेर ३७ रनको साझेदारी रगेका थिए । कप्तान केन २७ औं ओभरमा ४१ रन जोड्दै शादब खानको बलमा क्याच आउट हुँदै पेभिलिएन फर्किएका थिए । उनले ६९ बलमा ४ चौका प्रहार गर्दै ४१ रन जोडेका हुन् ।
त्यसपछि कप्तान केनको स्थानमा मैदान प्रवेश गरेका ग्रान्डहोमसँग नीशामले धरमराएको न्युजल्यान्डको ब्याटिङलाई सम्हाल्दै १३२ रनको साझेदारी गरे । ग्रान्डहोमले ७१ बलमा ६ चौका र १ छक्का प्रहार गर्दै ६४ रनको पारी खेले ।
पाकिस्तानका लागि शाहीन शाह खफ्रीदीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै मोहम्मद आमीर र शादब खानले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४