एजेन्सी- दुई वर्ष अघि बार्सिलोनाबाट कीर्तिमानी मुल्यमा फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) पुगेका नेयमार यस वर्ष चर्चामा रहे । उनी कहिले चोटका कारण लामो समय मैदान बाहिर रहनु त कहिले विभिन्न विवादका कारण नेयमार खुबै मिडियामा छाए ।
पछिल्लो समय बार्सिलोना फर्किने हाल्लाले पुनः मिडियामा छाएका नेयमारलाई अनन्तत स्पेनिस महारथी क्लब बार्सिलोनाले क्लबमा फर्काउने पक्कन पक्की जस्तै भैसकेको छ ।
बार्सिलोलाले ब्राजिलियन स्ट्राइकरसँग अनौपचारीक रुपमा पाँचको सम्झौता गरेको बताइएको छ । यतीसम्मकी नेयमार बार्सिलोनाका फर्कीन पिएसजीमा पाउने आफ्नो वार्षीक लतबको आधी लतबमा सहमती भएको रिपोर्ट जनाएको छ ।
नेयमार बार्सिलोना फर्किए पुनः क्लबको अग्रपंती धेरै मझबुद हुने प्रस्ट छ । ला लिगामा तीन सिजन बिताउँदा नयमार, लुइस सुआरेज र कप्तान लियोनल मेस्सीको साझेदारी उत्कृष्ट रहेको थियो ।
सन् २०१४-१५ को सिजन देखी तीनवटै खेलाडी टोलीमा हुँदा नेयमारले सबै खाले १४५ खेल खलेका थिए भने मेस्सीले १५८ र सुआरेजले १४७ खेल खेले । सबैको खेललाई मिलाउने हो भने साझेदारीमा ४५० खेल खेलेका थिए । यि सबै खेलमा तीनवटैले मिलेर ३६४ गोल गरेका छन् । जुन औसतमा प्रतिखेल ०.८१ गोल हो ।
व्यक्तिगत रुपमा मेस्सीले १५३ गोल गरेका छन् भने सुआरेजले १२१ र नेयमारले ९० गोल गरेका छन् । तीनवटै खेलाडीले ४५० खेलल दौरान १७३ असिस्ट सकेत गरेका थिए ।
नेयमार, सुआरेज र मेस्सीको साझेदारीमा लिगका मात्र २९९ खेलमा २४० गोल गरेका थिए । त्यतीबेला बार्सिलोनाले तीन सिजनमा दुई ला लिगा उपाधि, तीन कोपा डेल’रे उपाधि, एक च्याम्पियन्स लिग र एक क्लब विश्वकपको उपाधि जितेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४