मंगलबार, साउन २६, २०८३

जितविहिन हुँदै सकियो मनाङको एएफसीकप यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- नेपाली ‘ए’ डिभिजन लिग विजेता क्लब मनाङ मस्र्याङ्दीले एएफसीकपमा जिविहिन हुँदै आफ्नो यात्रा समाप्त गरेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कमप्लेक्समा चेन्नाइन क्लबसँग भएको खेलमा ३-२ ले पराजित हुँदै यात्रा टुङ्गिएको हो । 

समूह ‘ई’मा रहेको मनाङले ६ खेल खेल्दा दुई खेलमा बराबरी र चार खेलमा पराजय भोग्दै एकएफसीकपको यात्रा समप्त गरेको हो । घरेलु मैदानमा मनाङलाई पराजित गर्न चेन्नाइनका मोहम्मद राफीले दुई तथा एली साबियाले एक गोल गरे । मनाङका लागि अफीज ओलावालेले दुई गोल गरे । 

पहलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाहुना टोलीले अग्रता लिएको थियो । खेलको ५३ औं मिनेटमा राफीले गोल गर्दै चेन्नाइनलाई अग्रता दिलाए । ६६ औं मिनेटमा एलीले गोल गर्दैै पाहहुनाटोलीको अग्रता दोब्बर पारे । 

७१ औं मिनेटमा मनाङका लागि ओलावालेले गोल गर्दै खेल २-१ को स्थितीमा ल्याए । त्युसको आठ मिनेट नबित्दै ओलावालेले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए । तर, खेल सकिन दुई मिनेट बाँकी रहँदा राफीले व्यक्तिगत दोस्रो गोल गर्दै पाहुना टोलीलाई ३-२ को जित दिलाए । 

यसजितसँगै चेन्नाइन ६ खेलमा तीनल जित, दुई बराबरी र एक हारसँगै अंक तालिकाको दोस्रो स्थानमा रह्यो भने पराजित मनाङ समान खेलबाट दुई अंक जोड्दै पुछारमा रहदै एएफसीकपको यात्रा समप्त गरेकोछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।