एजेन्सी- कुनै पनि ठुलो क्रिकेट प्रतियोगितामा सबैको नजर अलराउण्डर खेलाडी हुने गर्द छ । एउटै खेलाडीको धमाकेदार ब्याटिङ र बलिङले टिमलाई जित तिर धकेल्न मद्दत गर्ने गर्दछ । त्यसैले प्रतियोगितामा अलराउण्डरको भुमिका अहम मानिन्छ ।
इंग्ल्यान्डमा जारी १२ औं संस्करणको विशवकपमा पनि दुई अलराउण्डरले धमाकेदार प्रदर्शन गरेका छन् । बंगलादेशका शाकिब अल हसन र आयोजक इंग्ल्यान्डका बेन स्टोक्स आजसम्म बलिङ र ब्याटिङ दुबैमा उत्कृष्ट लएमा रहेका छन् ।
शाकिब अल हसन (बंगलादेश)

जारी विश्वकपमा अलराउण्डर प्रदर्शन गर्ने खेलाडीको पहिलो स्थानमा हालसम्म बंगलादेशका शाकिब अल हसन देखिएका छन् । सेमिफाइनलको दौडमा रहेको बंगलादेशका लागि अल हसनले ब्याटिङ र बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
वेस्टइन्डिरविरुद्धको शतकीय पारी होस् या अफगानिस्तानविरुद्ध लिएको पाँच विकेट । उनलाई यिनै दुई प्रदर्शनले पनि लएमा रहेको प्रस्ट्याउँछ । अल हसनले जारी विश्वकपमा दुई शतक र तीन अर्धशतक प्रहार गरी सकेका छन् ।
उनी कुल ४ सय ७६ रन जोड्दै सर्वाधिक स्कोरकर्ताको तेस्रो स्थानमा छन् । जारी विश्वकपका ६ खेल खेलेका उनले १० विकेट समेत लिएका छन् ।
बेन स्टोक्स (इंग्ल्यान्ड)

पहिले श्रीलंका र पछि अष्ट्रेलियासँगको हार पछि इंग्ल्यान्डको सेमिफाइनल यात्रा कठीन भएपनि बेन स्टोक्सको प्रदर्शन भने उत्कृष्ट रहेको छ । श्रीलंका र अष्ट्रेलियासँगको खेलमा इंग्ल्यान्डका अन्य ब्याट्सम्यानको प्रदर्शन सन्तोस जनक नरहे पनि स्टोक्सले भने दुबै खेलमा अर्धशतक बनाएका थिए ।
अष्ट्रेलियाविरुद्ध ८९ रनको पारी खेलेका स्टोक्सले श्रीलंकाविरुद्धको खेलमा ८२ रन जोडका थिए । उनले जारी विश्वकपका ७ खेल खेल्दै २९१ रन जोड्दा ६ विकेट समेत लिएका छन् ।
गुलबदिन नाइब (अफगानिस्तान)
अफगानिस्तानका कप्तान गुलबदिन नाइब पनि जारी विश्वकपमा लएका देखिएका छन् । उनले हालसम्मको खेलमा ९ विकेट लिएका छन् भने १७४ स्कोर बनाएका छन् ।
कार्लोस ब्रेथवेट (वेस्टइन्डिज)
वेस्टइन्डिजका कार्लोस बे्रथवेटको प्रदर्शन पनि तारिफ योग्य नै मान्न सकिन्छ । वेस्टइन्डिज टोलीको समग्रहमा प्रदर्शन सोचे अनुसार रहन नसकेपनि ब्रेथवेटको भने व्याक्तिगत तारिफ योग्य रहेको छ । उनले न्युजल्यान्डविरुद्धको खेलमा शतकीय पारी खेल्दै आफुलाई लएमा रहेको प्रमाणित गरी सकेका छन् । उनले जारी विश्वकपमा ५ विकेट लिएका छन् ।
हार्दिक पाण्डेय (भारत)
भारतीय अलराउण्डर हार्दिक पाण्डेयले अहिलेसम्म ४ खेल खेल्दै ९६ रन बनाएका छन् । यससँगै उनेल ४ विकेट सकेत लिएका छन् । जारी विश्वकपमा भारतले अन्य टोलीको तुलनामा कम खेल खेलेको छ । र पाण्डेयलाई खासै मौका सकेत मिलेको छैन् । तर, उनी जारी विश्वकपमा भारतका लागि ब्याटिङ र बलिङ दुबैबाट धमाका मच्चाउन सक्ने क्षमता राख्दछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४