बिहीबार, वैशाख ३, २०८३

पूर्व कप्तान आसिफ र सन्दीपविना यू-१९ टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं- मलेसियामा हुने एसीसी यू-१९ इस्टर्न रिजन प्रतियोगिताको लागि नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

३० जुन देखि १० जुलाई सम्म चल्ने प्रतियोगिताका लागि रोहित पौडेलको कप्तानीमा चार नयाँ अनुहार राख्दै १४ सदस्य टोलीको घोषणा गरेको हो । 

टोलीमा यू-१६ का कप्तान विशाल ब्रिकम केसी र तिलक भण्डारी तथा खडक बाहोरा र लोकेश बमलाई नयाँ अनुहारको रुपमा टोलीमा समावेश गरेको छ । यता यू-१९ टोलीको कप्तानी समेत सम्हालेका तथा सिनियर राष्ट्रि टोलीबाट खेलि सकेका ब्याट्सम्यान आशिफ शेख टोलीम अटाएका छैनन् । 

उनीसँगै युएईसँगको तीन खेलको टी-२० सिरिजमा सिनियर राष्ट्रिय टोलीमा डेब्यु गरेका सन्दीप जोराले स्थान बनाउन सकेका छैनन् । समुह ‘ए’मा रहेको नेपालले ाफ्नो पहिलो खेल २ जुनमा म्यानमारसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने छ । त्यस्तै ५ जुलाईमा सिंगापुर, ६ जुलाईमा चीनसँग प्रतिस्पर्धा गर्ने छ । 

समुह ‘बी’मा हङकङ, थाईल्यान्ड, भुटान र आयोजक मलेसिया रहेका छन्। दुवै समूहका शीर्ष दुई टोलीले ८ जुलाईमा हुने सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछन् भने फाइनल खेल ९ जुलाईमा हुने छ ।यस प्रतियोगिताको विजेता टोलीले २८ अगस्ट देखी ८ सेप्टेम्बरसम्म श्रीलंकामा हुने एसिया कप खेल्न पाउने छ ।

यू-१९ टोली : रोहित कुमार पौडेल (कप्तान), पवन सरार्फ, विशाल विक्रम केसी, कमलसिंह ऐरी, प्रतिश जिसी, तिलक भण्डारी, रित गौतम, हरि बहादुर चौहान, राशिद खान, भिम सार्की, कुशल मल्ल, खडक बहादुर बोहोरा, लोकेश बहादुर बम, सागर ढकाल । 

वैकल्पिक खेलाडी : आशिफ शेख, सन्दीप जोरा, सुर्य तामाङ र आकाश चन्द।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।