बिहीबार, वैशाख ३, २०८३

अष्ट्रेलिया विश्वकपको सेमिफाइनलमा प्रवेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- अष्ट्रेलिया इंग्ल्यान्डमा जारी आएसिसी एकदिवसीय विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ । मंगलबार भएको खेलमा घरेलु टोली इंग्ल्यान्डलाई ६४ रनले पराजति गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

अष्ट्रेलियाले दिएको २ सय ८६ रनको मध्यम लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र २सय २१ रन बनाउन सक्यो । इंग्ल्यान्डका लागि बेन स्टोक्सले ८९ रनको उत्कृष्ट अर्धशतकीय पारी खेले पनि टोलीको जितको लागि प्रयाप्त हुन सकेन् । उनले ११५ बलमा ५ चौका र २ छक्काको मद्दतमा ८९ रन जोडेका थिए । 

त्यस्तै जोनी बैस्टोले २७, क्रिस वोक्सले २६ तथा जोश बट्लर र रशिद आदीलले समान २५-२५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोर अंकमा रन बटुल्न सकेनन् । अष्ट्रेलियाका लागि जासन पाउल बिहेर्नड्रोफले सर्वाधिक ५ विकेट लिए । त्यस्तै मिचेल स्टार्कले ४ र मार्कुस स्टोइनिसले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले कप्तान आरोन फिन्चको शतकीय पारीको मद्दतले  निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको थियो । 

अष्ट्रेलियाका लागि कप्तान फिन्चले ११६ बलको सामना गर्दै ११ चौका र २ छक्का पहर गर्दै १०० रन जाडेका थिए । ओपनर फिन्चले पहिलो विकेटका लागि डेभिड वार्नरसँग मिल्दै १२३ रनको साझेदारी गरेका थिए । 

वार्नरले ६१ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले । त्यसपछि दोस्रो विकेटका रुपमा उस्मान ख्वाजा २३ रनमा पेभिलिएन फर्किए । तेस्रो विकेटको रुपमा कप्तान फिन्च आउट हुँदा अष्ट्रेलियाको स्कोर ३५.३ ओभरमा १८५ थियो । 

त्यसपछि ग्लेन म्याक्सवेल १२ रनमा आउट हुँदा पाँचौ विकेटको रुपमा मार्कुस स्टोनिस ८ रनमा रन आउट भए । छैटौ विकेटको रुपमा अष्ट्रेलियाको स्कोर २५० पुग्दा स्टेवन स्मिथ पेभिलिएन फर्किए । उनले ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रन जोडेका थिए । 

पात कुमिन्स १ रनमा आउट हुँदा एलेक्स क्यारी ३८ रनमा अविजित रहे । उनले २७ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा अविजित रहेका हुन् । त्यस्तै मिचेलल स्टार्क ४ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि क्रिस वोकसले दुई तथा जोफार आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।