मंगलबार, साउन २६, २०८३

पाकिस्तानी टेलिभिजन कार्यक्रममा लाभइमै कुटाकुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पाकिस्तानको एक लाइभ शो कार्यक्रमका क्रममा अतिथिहरुबीच कुटाकुट भएको छ।

लाइभ शो मा सत्ताधारी पार्टी पीटीआईका नेताले ‘प्यानल डिस्कशन’ कार्यक्रममा सहभागी भएका वरिष्ठ पत्रकारलाई कुटपीट गरेका हुन्।

यो घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ।

‘न्युज लाइन विद आफताब मुघेरी’ नामको शो ‘के  २१ न्युज’ च्यानलमा प्रसारण हुने गर्दछ। शो को प्यानलमा पीटीआई नेता मसरुर अली सियाल र कराची प्रेस क्लबका प्रमुख इम्तियाज खान पनि सहभागी थिए।

दुबैबीच पहिलो शब्दमै मतभेद भयो। जुन विषयले हात हालाहालको अवस्था लियो।

पहिलो सियालले वरिष्ठ पत्रकार इम्यिाजलाई धकेलेर कुर्सीबाट खसाले। पछि पत्रकारले पनि प्रतिकार गरे। हात हालाहाल भएपछि टेलिभिजनका कर्मचारीले छुट्याउनुपर्यो।

यो घटनापछि प्रधानमन्त्री इमरान खानको पार्टी पीटीआईको निकै आलोचना भएको छ।

एक पाकिस्तानी पार्टी नायला इनायतले उक्त भिडियो सेयर गर्दै प्रधानमन्त्री इमरान खानको आलोचना गरेकी छन्।

उनले लेखेकी छन्, ‘के यही नयाँ पाकिस्तान हो ? पीटीआईका मसरुर अली सियालले कराची प्रेस क्लबका अध्यक्ष इम्तियाज खानमाथि लाइभ कार्यक्रममा आक्रमण गरेका छन्।’


 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।