बिहीबार, वैशाख ३, २०८३

फिन्चको शतकमा इंग्ल्यान्डलाई मध्यम लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- कप्तान आरोन फिन्चको शतकीय पारीको मद्दतले अष्ट्रेलियाले आयोजक राष्ट्र इंग्ल्यान्डलाई जितका लागि २ सय ८६ रनको मध्यम लक्ष्य सुम्पको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ८५ रन जोडेको हो । 

अष्ट्रेलियाका लागि कप्तान फिन्चले ११६ बलको सामना गर्दै ११ चौका र २ छक्का पहर गर्दै १०० रन जाडेका थिए । ओपनर फिन्चले पहिलो विकेटका लागि डेभिड वार्नरसँग मिल्दै १२३ रनको साझेदारी गरेका थिए । 

वार्नरले ६१ बलको सामना गर्दै ६ चौकाको मद्दतमा ५३ रनको अर्धशतकीय पारी खेले । त्यसपछि दोस्रो विकेटका रुपमा उस्मान ख्वाजा २३ रनमा पेभिलिएन फर्किए । तेस्रो विकेटको रुपमा कप्तान फिन्च आउट हुँदा अष्ट्रेलियाको स्कोर ३५.३ ओभरमा १८५ थियो । 

त्यसपछि ग्लेन म्याक्सवेल १२ रनमा आउट हुँदा पाँचौ विकेटको रुपमा मार्कुस स्टोनिस ८ रनमा रन आउट भए । छैटौ विकेटको रुपमा अष्ट्रेलियाको स्कोर २५० पुग्दा स्टेवन स्मिथ पेभिलिएन फर्किए । उनले ३४ बलमा ५ चौका प्रहार गर्दै ३८ रन जोडेका थिए । 

पात कुमिन्स १ रनमा आउट हुँदा एलेक्स क्यारी ३८ रनमा अविजित रहे । उनले २७ बलमा ५ चौका प्रहार गर्दै ३८ रनमा अविजित रहेका हुन् । त्यस्तै मिचेलल स्टार्क ४ रनमा अविजित रहे । इंग्ल्यान्डका लागि क्रिस वोकसले दुई तथा जोफार आर्चर, मार्क वुड, बेन स्टोक्स र मोइन अलीले एक एक विकेट लिए ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।