बिहीबार, वैशाख ३, २०८३

चार जितसँगै भारतलाई सेमिफाइनल पुग्न चार चुनौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा भारतीय क्रिकेट टोलीले अपेक्षा अनुसारको प्रदर्शन गरेको छ । भारतले आफ्नो पाँच खेल मध्यमा चार खेलमा जित नितकालेको छ भने एक खेल वर्षाका कारण अंक बाँढेको थियो । 

दक्षिण अफ्रीकासँगको पहिलो खेलमा लक्ष्य पछ्याएको भारतले पछिल्ला तीन खेलमा लक्ष्य सुम्पेको छ । भारतको ब्याटिङ र बलिङले मैदानमा परिस्थिती अनुसारको प्रदर्शन गरेको छ । 

विश्वकपमा अहिले सम्मको प्रदर्शन

पहिलो खेलमा दक्षिण अफ्रीकाले दिएको २२८ रनको लक्ष्य पछ्याएको भारतले ६ विकेटले जितेको थियो । त्यस्तै अष्ट्रेलियाविरुद्ध पनि उत्कृष्ट ब्याटिङ गर्दै ३५३ रनको लक्ष्य सुम्पेको थियो । 

पाकिस्तानविरुद्ध ३३६ रन जोडेको भारतले अफगानिस्तानविरुद्ध भने २२४ रन मात्र जोड्न सकेको थियो । तर, उक्त खेलमा बलरले उत्कृष्ट प्रदर्शन गर्दै ११ रनको रोमाञ्चक जित निकालेको थियो ।

अब विश्वकपमा भारतको खेल

अब विश्वकपमा भारतको खेल वेस्टइन्डिजसँग रहेको छ । वेस्टइन्डिजले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । तर, त्यसपछि भने वेस्टइन्डिजले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेको छैन् । 

वेस्टइन्डिज पछि भारतले जारी विश्वकपको बलियो टोली इंग्ल्यान्डसँग खेल्दै छ । श्रीलंकासँगको हार पछि इंग्ल्यान्डलाई पनि सेमिफाइनलको यात्रा तय गर्न त्यती सहज भने छैन् । त्यसैले पनि भारतको आक्रमक बलिङको परिक्षा इंग्ल्यान्डविरुद्धको खेलमा हुने छ । 

जहाँ जोय रुट र कप्तान इयोन मोर्गनलाई रोक्न टिमका लागि सबै भन्दा ठुलो चुनौती हुने छ । बेन स्टोक्स र जोस बुट्लर पनि दमदार पारी खेल्दै टिमको स्कार उकास्न सक्ने छन् । त्यस्तै जोफ्रा आर्चर शानदार बलिङ गरी रहेका छन् । 

आर्चलाई भारतीय ब्याट्सम्यानविरुद्ध बलिङ गरेको अनुभव समेत छ । बंगलादेशविरुद्ध हालै भारतीय टोलीलाई जितका लागि संघर्ष गर्नु परेको थियो । बंगलादेशी टिमका परिपक्वता झल्किएको छ । त्यसैले भारतले बंगलादेशविरुद्ध नयाँ रणनिती अपनाउनु पर्ने देखीन्छ । 

श्रीलंकाले पछिल्ला खेलहरुमा राम्रो प्रदर्शन गर्न सकेको छैन् । तर इंग्ल्यान्डलाई पराजित गरेपछि आत्मविश्वास बढेको छ । त्यसैले श्रीलंका पनि भारतलाई कडा चुनौती दिन सक्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।